CG Electronics
IME Life
NIMB

सिबिफिन र एनबिआईले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने

NIMB
Himalayan Bank

 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)बीच दोस्रो संस्करणको नेपाल व्यवसाय शिखर सम्मेलन, २०८१ (नेपाल बिजनेश समिट २०२४) आयोजना गर्ने समझदारी भएको छ । शिखर सम्मेलन आगामी असारमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको सहकार्यमा सिबिफिन र एनबिआईले संयुक्त रुपमा काठमाडौंमा आयोजना गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्मेलन आयोजनासम्बन्धी समझदारीपत्रमा बुधबार सिबिफिनका उपाध्यक्ष कुश प्रसाद मल्ली र एनबिआईको तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे । सिबिफिनको कार्यालय सुन्धारामा सम्पन्न भएको हस्ताक्षर समारोहमा सिबिफिन महासचिव प्रचण्डबहादुर श्रेष्ठ र एनबिआईका कार्यक्रम निर्देशक धर्मराज रेग्मीको विशेष उपस्थिति रहेको थियो ।

निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रले भोगिरहेका वर्तमान समस्या, चुनौती र समाधानका उपायहरुबारे राष्ट्रियस्तरको सम्वाद गरी सुधारका लागि सम्बन्धित निकायहरुसमक्ष सुझाव प्रतिवेदन पेश गर्ने तथा कार्यान्वयनका लागि पहल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनले वित्तीय साक्षरता र पहुँच अभिवृद्धि गर्दै साना, मझौला, स्टार्टअप, महिला तथा युवा उद्यम प्रोत्साहित हुने गरी नीति, कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न, गराउन तीनै तहका सरकारलाई सुझाव दिने र कार्यान्वयन प्रक्रियामा सहजीकरण समेत गर्नेछ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका उपाध्यक्ष कुश प्रसाद मल्लीले तीन तहकै सरकारसँग हातेमालो गर्दै उत्पादन तथा उत्पादकत्व, रोजगारी र लगानी विस्तार, वित्तीय पँहुच अभिवृद्धि गर्न तथा उद्योग एवं उद्यमशीलता प्रवद्र्धन गर्न सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराए ।

सिबिफिनका महासचिव प्रचण्ड बहादुर श्रेष्ठले काठमाडौं केन्द्रित भइ निरन्तर समिट भइरहेको सन्दर्भमा आयोजना गरिने यस सम्मेलनले आर्थिक एवं बैंकिङ क्षेत्रको समग्र अवस्थाको चिरफार गर्दै उपलब्धिमूलक यात्राका लागि नेपाल सरकार र समग्र निजी क्षेत्रलाई दिशानिर्देश गर्ने अपेक्षा राखिएको बताए ।

यस्तै, कार्यक्रममा बोल्दै एनबिआईका कार्यकारी अध्यक्ष विशाल गैरेले स्थानीय र प्रदेशस्तरका व्यवसायका लागि उपयुक्त अवसरहरुको पहिचान गर्दै देशको अर्थव्यवस्था चलायमान बनाउनका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र वास्तविक उद्यमीहरुको उद्यममा सहजीकरण गर्ने उद्देश्य सम्मेलनको रहेको बताए ।

उक्त सम्मेलनमा प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातवटै प्रदेशका मुख्यमन्त्री, स्थानीय सरकारका प्रमुखहरु, विशिष्ट सरकारी कर्मचारी, स्वदेशी तथा विदेशी विषयविज्ञ, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रमा अग्रणी संस्थाका प्रतिनिधि, लब्धप्रतिष्ठित बैंकर्स तथा व्यवसायीसहित प्रदेशस्तरका उद्यमीहरुसहित करिब ४०० जनाको सहभागीता रहने सिबिफिनका निमित्त महानिर्देशक रोशन कोइरालाले जानकारी गराए ।

सम्मेलनको दौरानमा नेपाल सरकार र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको उपस्थितिमा उद्यम दर्ता, कर्जा लगानी तथा भुक्तानी, व्यावसायिक क्षमता अभिवृद्धि, जोखिम व्यवस्थापनलगायतका विषयमा परामर्श केन्द्र सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहका लागि सहजीकरण गर्ने, स्वदेशी उत्पादनको प्रदर्शनी तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्टलहरु समेत राखिनेछ ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...