Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

नेपाल बैंकले शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाल प्रहरीको सहकार्यमा नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमर/सहिद, अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला एवम् पूर्व प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका सन्ततिहरू मध्ये उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरू तथा प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले ३० लाख रुपैयाँ रकमको चेक प्रहरी वरिष्ठ उपरिक्षक रेवती ढकाललाई हस्तान्तरण गरे ।

नेपाल प्रहरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप शैक्षिक छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बैंकप्रति आभार व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले प्रहरी संगठनबाट सञ्चालित विद्यालयहरूमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे ।

 

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:४४

  काठमाडौं । कुमारी बैंक र सूर्यविनायक भक्तपुरस्थित सूर्यविनायक मिसन...

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३८

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख...

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३०

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी...

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान पीभीसी पाइप उत्पादनमा विशेषज्ञता

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:२२

  ७ फागुन २०८१, काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा.लि.ले...

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि खुल्ला

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:१४

  काठमाडौं । सानिमा बैंक लिमिटेडको कोष प्रवर्धक तथा सानिमा...

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:०६

  काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा ऐतिहासिक पुनर्संरचना भएको छ।...