CG Electronics
IME Life
Ncell NPL

सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : सांसद बर्तौला

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौँ । नेकपा (एमाले)का सांसद एवं प्रमुख सचेतक महेश कुमार बर्तौलाले नेपालीले सरकारी अस्पतालमा अपरेसनकै लागि नौ महिनासम्म कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी भएको बताउनुभएको छ । उहाँले सरकारी अस्पतालको क्षमता अभिवृद्धि गरी नागरिकमा सहज स्वास्थ्य सेवाको पहुच पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

बुधबार प्रतिनिधि सभा बैठकमा सांसद बर्तौलाले केन्द्रीय मात्रै नभएर जिल्ला स्तरीय देशैभरिका अस्पतालहरुको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नागरिकले हर्निया, क्यान्सर लगायतका रोगको उपचारका लागि सरकारी अस्पतालमा वर्षौँसम्म पालो कुर्नुपर्ने विडम्बना रहेको उल्लेख गर्दै सरकारले सम्बन्धित अस्पतालहरुको क्षमता अभिवृद्धि, जनशक्ति वृद्धिका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा केन्द्रीय ठुला अस्पतालहरु जहाँ हर्निया, पत्थरी जस्ता रोगको सामान्य अपरेसन गर्नुपर्‍यो भने पनि नौ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ । नागरिकले वीर, टिचिङ, मानव अंग प्रत्यारोपण, भक्तपुर क्यान्सर अस्पताल साना वा ठुला सबै प्रकृतिका रोगका अप्रेसनका लागि नौ महिनादेखि वर्षौँसम्म पालो कुर्न पर्ने अवस्था छ । सरकारले सम्बन्धित अस्पतालहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक जनशक्ती व्यवस्थापनका लागि विशेष पहल गरोस् । यो काठमाडौँ केन्द्रित अस्पतालको मात्र होइन देशैभरिका सरकारी अस्पतालको क्षमता अभिवृद्धि सरकारले गर्नुपर्छ ।’

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...