CG Electronics
IME Life
NIMB

नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापत्विमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई आफ्नो र आफ्नो मातहातको अभिकर्ताहरुको लक्ष्य प्राप्तीमा विशेष जोड दिनुपर्ने बताए । समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृतज्यूले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दा बढि बोनस प्रदान गर्दै आएको यस कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गरे ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगंजमा लुम्विनी र कर्णाली प्रदेशका अभिकर्ताहरुलाई र महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए। साथै उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई र काठमाण्डौमा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको र अन्य बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए ।

नेपालगंज र महेन्द्रनगर मा सम्पन्न छुट्टा छुट्टै कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित प्रवन्धक विवेक शर्मा, विभागिय प्रमुख सुष्मिता राणा लगायत नेपालगंजमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख दिप नारायण खनाल तथा लुम्विनी र कर्णाली प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो भने महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख उमाकान्त जोशी लगायत उक्त प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।

आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा ल्यायो नयाँ रेडमी प्याड २ (९.७”)

आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा...

वि.सं.२०८३ जेठ १३ बुधवार १३:३३

  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्ने...

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच सम्झौता: साना व्यवसाय र महिला उद्यमीका लागि २ करोड ५० लाख डलरको कर्जा सुविधा

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच...

वि.सं.२०८३ जेठ १३ बुधवार ११:५३

  नेपालका लघु, साना तथा मझौला उद्यम र विशेषगरी महिला...

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल हिमालयन सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र...

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग चल्छ : उपाध्यक्ष धमला

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३३

  काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले...

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...