CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतङ्ककारी क्रियाकलाप तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरिकुमार नेपालले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र त्यसको व्यवहारिक कार्यान्वयनबारे प्रस्तुति दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, संस्थापक शेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।

डा. नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था, नियामकीय निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान तथा अन्तर्राष्ट्रिय गतिविधिबारे विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुपालन कम्पनीको दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले प्रभावकारी अनुपालनले मात्रै कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने धारणा व्यक्त गरे ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रचलित कानुनहरूको व्यवहारिक कार्यान्वयनको महत्वमाथि जोड दिँदै नियामकीय आवश्यकतालाई नीतिगत तहमा मात्रै सीमित नराखी दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू गरिएको बताए ।

कम्पनीले उक्त प्रशिक्षणबाट व्यवहारिक ज्ञान अभिवृद्धि भई वित्तीय अपराध न्यूनीकरण, संस्थागत सुशासन तथा वित्तीय पारदर्शिता सुदृढ बनाउन सहयोग पुगेको जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिँदै वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा अनुपालनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ देखि हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा...

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०३

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:००

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच...

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २०:३२

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा...