CG Electronics
IME Life
Ncell NPL

बागमती प्रदेशमा बहादुरसिंह लामा मुख्यमन्त्री बन्ने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

बागमती प्रदेशमा नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने लगभग निश्चित भएको छ । काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकार बन्ने भएको हो ।

प्रदेशमा सरकार चलाउने सम्बन्धमा तीन प्रदेशमा एमाले तीन प्रदेशमा काङ्ग्रेस र मधेस प्रदेशमा मधेस दलले नेतृत्व गर्ने सहमति भएका थिए । सोही अनुरूप बागमतीमा काङ्ग्रेसबाट लामा मुख्यमन्त्री बन्ने पक्का भएका छन् ।

२०७४ को निर्वाचनमा तेस्रो शक्ति बनेको काँग्रेस यो पटक बागमतीको पहिलो दल हो । ३७ सांसद रहेको काँग्रेसलाई २७ सिट भएको एमालेले साथ दिँदा ११० सदस्यीय प्रदेशसभामा ६४ सिट हुन आउँछ । राप्रपा पनि सकारात्मक रहेको र हाम्रो नेपाली पार्टीले समेत साथ दिने अवस्थामा लामा ८९ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नेछन् ।

एमालेबाट पहिलो मुख्यमन्त्री डोरमणि पौडेल र पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भइसकेका छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेको बागमतीमा पहिलो पटक प्रदेशमा बाहुल्य रहेको तामाङ समुदायका लामा मुख्यमन्त्री बन्न लागेका छन् ।

बागमतीमा तामाङ समुदायबाट लामा पहिलो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेशको कुल जनसङ्ख्याको २०.५४ प्रतिशत तामाङ रहेको यो प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ ।

गत २०७९ को निर्वाचनमा नुवाकोटको प्रतिनीधिसभा २ को ख बाट निर्वाचित लामा काँग्रेस संसदीय दलको नेतामा चयन भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवा निकट लामा पार्टीभित्र सन्तुलनकारी नेताका रूपमा परिचित छन् । संसदीय दलको निर्वाचनमा लामासँग पराजित इन्द्र बानियाँले पनि मुख्यमन्त्रीका लागि लबिङ गर्न खोजेका थिए । तर नेतृत्वले अहिले लामाको विकल्प नरहेको जवाफ दिएसँगै बानियाँ पनि लामालाई सफल बनाउने योजनामा छन् ।

आदिवासी जनजाति बाहुल्य बागमतीमा तामाङ समुदायका लामालाई अघि सार्दा आगामी दिनमा हुने चुनावी अभियानमा पनि सहज हुने देउवाको विश्लेषण छ ।

नुवाकोटबाट प्रदेशसभा सदस्य निर्वाचित भएका लामा यसअघिका सरकारमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

 

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...