IME Life
NIMB

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ नेपाल सह–आयोजकको रूपमा जोडिएको छ । समझदारी पत्रमा महासंघका अध्यक्ष गोविन्द घिमिरे र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेबीच हस्ताक्षर भएको छ । समिट आगामी जेठ ४ गते आयोजना हुँदैछ, जसमा देशभरबाट करिब ४०० उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

निर्यात, कृषि, पर्यटन, ऊर्जा, एआई, आईटी तथा सूचना प्रविधिलाई मुख्य विषय बनाइएको समिटमा महासंघले निर्यात क्षेत्रका मुद्दाहरूलाई प्रमुख रूपमा उठाउने जनाएको छ । हस्ताक्षरपछि बोल्दै महासंघका अध्यक्ष घिमिरेले अर्थतन्त्रका वर्तमान चुनौती समाधानका लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष गैरेले विभिन्न क्षेत्रका नीतिगत तथा व्यवहारिक चुनौती, सम्भावना र अवसरबारे उद्यमीहरूबीच व्यापक संवाद गरिने जानकारी दिनुभयो । साथै, ती विषयलाई कार्यान्वयनका लागि तीनै तहका सरकारसँग समन्वय गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्झदारी कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष देवआनन्द सरावगी, महासचिव शिवप्रसाद भट्ट तथा इन्स्टिच्युटका कार्यक्रम निर्देशक भुवन उप्रेती र कार्यक्रम व्यवस्थापक चन्द्रभक्त अधिकारीको उपस्थिति थियो ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...