Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

ग्लोकल टिन हिरो नेपाल २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न

 

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२४ को एक्टिभेशकन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालको विभिन्न स्कुलमा किशोर किशोरीसँगको अन्तर्कृया हुँदा धेरै प्रतिभाशाली किशोर किशोरी जसले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, र अन्य धेरै क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पर्दै आएको भेटिएको र यस वर्षपनी भव्यताका साथ प्रतिभावान किशोर किशोरीलाई पहिचान गराउन सशक्त रुपमा तयारी भएको छ ।

ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका ५०+ सहरका विभिन्न विद्यालय/कलेजहरूमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गरेका छन्। कार्यक्रम गर्दा विभिन्न स्थानीय निकायहरुसँग पनि समन्वय गरिएको थियो ।

ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ ।

ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ ।

गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन आज मिति जुलाई ३०मा बन्द भएको छ ।
देशभरका प्रभावशाली किशोरकिशोरी नयाँ सोच, विचार, सम्भावना, र समाज परिवर्तनका नवीन आयामहरू बोकेका हुन्छन् । सानो उमेरमा ठूला सपना देखेर नयाँ प्रयासहरू मार्फत समाज रूपान्तरण गर्ने कुरामा उमेरले होइन, सोचले महत्व राख्ने कुरा स्पष्ट देखिन्छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता, सामाजिक चेतना, वातावरण संरक्षण, वा सामाजिक रूपान्तरणका कार्यहरूमा आफ्नो कौशलता देखाएका प्रतिभाशाली किशोरकिशोरीहरूले अनलाइन मार्फत निःशुल्क आवेदन दिन सक्छन् । साथै, तपाईंहरूले आफ्नो समुदायका उत्कृष्ट किशोरकिशोरीहरूको मनोनयन गर्न पनि सक्नुहुनेछ ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...