CG Electronics
IME Life
Ncell NPL

‘इन्टरनेशनल इकोनोमिक्स ओलम्पियाड’मा नेपाली विधार्थीले जिते अवार्ड

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै हङकङको सिउ साई वानमा आयोजित ‘इन्टरनेशनल इकोनोमिक्स ओलम्पियाड’मा एक रजत तथा कास्य पदकसँगै अन्य अवार्ड पनि जित्न सफल भएका छन् ।

नेपालका लागी सुजन श्रेष्ठ (सेन्ट जेभियर्स कलेज, माइतीघर) ले नेपाललाई पहिलो पटक रजत पदक र प्रभात शाक्य (युलेन्स स्कुल) ले कास्य पदक जित्न सफल भएका छन् । रजत पदक विजेता सुजन श्रेष्ठले वित्तीय शिक्षा परीक्षामा ूसर्वोत्कृष्ट प्रस्तुतीकर्ताूको उपाधि पनि प्राप्त गरेका छन् ।

 

विश्वका ५२ देशका राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएका २३५ युवा अर्थशास्त्रीहरूको सहभागिता रहेको उक्त फोरममा नेपालबाट नेपाल इकोनोमिक्स ओलम्पियाडका उत्कृष्ट ४ प्रतियोगीहरू जुलाई २२ मा हङकङ प्रस्थान गरेका थिए ।

नेपाल इकोनोमिक्स ओलिम्पियाड विगत ५ वर्षदेखि नेपालमा अर्थशास्त्र, वित्तीय साक्षरता तथा व्यावसायिक शिक्षाका लागि प्रवर्द्धन गर्दै आएको अग्रणी संस्था हो । सन् २०१९ देखि हरेक वर्ष नेपाल इकोनोमिक्स ओलम्पियाडले नेपालभरका उत्कृष्ट अर्थशास्त्र विद्यार्थीहरूलाई ‘इन्टरनेशनल इकोनोमिक्स ओलम्पियाड’ मा सामेल गराउँदै आइरहेको छ ।

 

सन् २०२४ को नेपाल इकोनोमिक्स ओलम्पियाडमा सहभागी १४०० भन्दा बढी विद्यार्थीहरूमध्येका चार सर्वोत्कृष्ट प्रतिस्पर्धीहरू प्रभात शाक्य (युलेन्स स्कुल), प्रसन्जित शाक्य (विश्व निकेतन कलेज), आर्या श्रेष्ठ (चेल्सी इन्टरनेशनल कलेज), र सुजन श्रेष्ठ (सेन्ट जेभियर्स कलेज) नेपाललाई प्रतिनिधित्व गर्दै हङकङको सिउ साई वानमा भएको इन्टरनेशनल इकोनोमिक्स ओलम्पियाडमा सहभागी भएका थिए ।

नेपाल र नेपाली संस्कृतिलाई झल्काउने नेवारी सांस्कृतिक प्रस्तुति पनि उक्त टोलीले उद्घाटन समारोहमा दिएको थियो । कोरोनाले सिर्जना गरेको विषम परिस्थितिका कारण दुई वर्षदेखि भर्चुअल भइरहेको इन्टरनेशनल इकोनोमिक्स ओलम्पियाड यस वर्ष भौतिक रूपमा सञ्चालन भएकोले यसलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

नेपाली टोलीलाई नेतृत्व गरिरहेका नेपाल इकोनोमिक्स ओलम्पियाड कमिटीका अध्यक्ष अर्जुन सापकोटा तथा निर्देशक दीपक भण्डारीले नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमा पदक जित्दा आफू निकै गौरवान्वित भएको बताएका छन् ।

नेपालमा विद्यार्थीहरूलाई अर्थशास्त्रप्रति अभिरुचि बढाउन नेपाल इकोनोमिक्स ओलम्पियाडमा नेपाली प्रख्यात अर्थशास्त्री एवं नेपाल योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल सल्लाहकारको भूमिकामा संलग्न छन् । डा. पौडेलले नेपालजस्तो आर्थिक रूपमा विकास र प्रयोगका लागि निकै अवसर भएको देशमा नेपाल इकोनोमिक्स ओलम्पियाडजस्ता संस्थाले युवा अर्थशास्त्रीहरूलाई सिक्ने र खोज अनुसन्धान गर्ने अवसर दिने बताए ।

प्रत्येक वर्ष नेपालका १२ विभिन्न क्षेत्रीय परीक्षामा सहभागी लगभग १४०० विद्यार्थीहरूबाट १०० भन्दा बढी विद्यार्थीलाई एपेक्स कलेज, काठमाडौँमा हुने राष्ट्रिय परीक्षामा सहभागी गराउने यस संस्थाले सन् २०२५ का लागि पनि अभ्यास सुरु गरिसकेको प्रबन्धक विराज पौडेलले जानकारी दिए ।

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सुरु

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:५४

  हेटौँडा । मकवानपुर जिल्लामा कक्षा १२ को वार्षिक परीक्षा...

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:४९

  काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन...

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ? सैबाल घोषको ताजा विश्लेषण

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ?...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:३४

  काठमाडौं । नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) को इतिहास...

रौतहटको श्रीराम सुगर मिल्स बन्द: उखु किसानको सपना ओइलियो

रौतहटको श्रीराम सुगर मिल्स बन्द: उखु किसानको...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:२८

  रौतहट । कुनै समय रौतहटको गरुडा बजारको रौनक नै...

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन ‘सहरी मार्ग’ कायम गर्ने माग

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:३६

  काठमाडौं । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक...

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:२८

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...