CG Electronics
IME Life
NIMB

एलआरआर मोटर्सको ‘जिली ईएक्स५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ भव्य रूपमा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ । एलआरआर मोटर्सले काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुममा आयोजना गरेको पाँच दिने ‘जिली ईएक्स५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ भव्य सफलता सहित सम्पन्न गरेको छ।

कार्यक्रममा उल्लेखनीय ग्राहक सहभागिता देखिएको कम्पनीले जनाएको छ। शोरुममा ३५० भन्दा बढी ग्राहकहरूको निरन्तर आवागमन भएको र सयौं संख्यामा सोधपुछ तथा उत्पादन परामर्श (प्रोडक्ट कन्सल्टेशन) सम्पन्न भएको बताइएको छ। यसले जिली ईएक्स५ म्याक्स र प्रो विद्युतीय मोडेलप्रति बजारको उच्च चासो देखाएको कम्पनीको भनाइ छ।

कार्निभलको मुख्य आकर्षण ठूलो संख्यामा सम्पन्न भएका टेस्ट ड्राइभहरू रहेका थिए, जसले ग्राहकहरूलाई जिली ईएक्स५ का नवीनतम विद्युतीय सवारी साधनको कार्यक्षमता, आरामदायित्व र सुरक्षा सुविधाहरू प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको थियो।

कार्यक्रममा उल्लेखनीय बुकिङ समेत प्राप्त भएको र यसलाई नेपालकै सफल शोरुम–आधारित एक्सचेन्ज कार्यक्रमहरूमध्ये एक मानिएको कम्पनीले दाबी गरेको छ।

आकर्षक नगद छुट, मूल्य अभिवृद्धि सेवाहरू तथा भेहिकल–टु–लोड कफी अनुभवजस्ता विशेष आकर्षणहरूले आगन्तुकहरूको संलग्नता थप बढाएको थियो।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले सहभागिता, अन्तरक्रिया र बुकिङमा देखिएको उत्साहजनक रूपान्तरणले नेपाली ग्राहकहरूमा जिली ईएक्स५ प्रति बढ्दो विश्वास झल्किएको बताए।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...