CG Electronics
IME Life
NIMB

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

NIMB
Himalayan Bank

 

काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रालि. र ग्लोबल आइएमई बैंक बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका एफ एन्ड आर प्रमुख सञ्जय देव यादव तथा ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष हायर पर्चेज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार लागू हुने ‘लोन टु भ्यालु (एलटीभी)’ अनुपातका आधारमा उपकरण मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ।

दुवै संस्थाका अनुसार आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि एक साताभित्र डेलिभरी अर्डर (डीओ) जारी गरिनेछ। यस योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम पाँच वर्ष अवधिसम्मको कर्जा सुविधा लिन सक्नेछन्।

यो सहकार्यबाट निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूले उपकरण खरिदका लागि सहज वित्तीय पहुँच प्राप्त गर्ने तथा कर्जा प्रक्रिया थप छिटो र सरल बन्ने अपेक्षा गरिएको छ। साथै, प्रतिस्पर्धी वित्तीय व्यवस्थाले साना तथा मझौला व्यवसायीलाई आधुनिक जेसीबी उपकरणमा लगानी गरी आफ्नो व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

एम.ए.डब्लु. अर्थमुभर्सले उपलब्ध गराउँदै आएको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल र ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिददेखि सञ्चालन तथा मर्मतसम्भारसम्म भरपर्दो समाधान प्रदान गर्ने दुवै संस्थाको विश्वास छ।

दुवै संस्थाले आगामी दिनमा पनि ग्राहकमैत्री सेवा विस्तार गर्दै नेपालको निर्माण तथा पूर्वाधार विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...