NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन २२० मोटरसाइकल सार्वजनिक गरेको छ। तबेला नेपालमा आयोजित कार्यक्रममा कम्पनीले फ्लाइगन २२० सिटी र फ्लाइगन २२० हिल्स गरी दुई भेरियन्ट सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यो मोटरसाइकलको सार्वजनिकसँगै लेटबी नामक नयाँ ब्रान्ड पनि नेपालमा औपचारिक रूपमा प्रवेश गरेको छ। कम्पनीले लेटबीलाई व्यावहारिकता, आधुनिक प्रविधि, बहुउपयोगिता र जीवनशैलीलाई समेट्ने मोटरसाइकल ब्रान्डका रूपमा विकास गरिएको जनाएको छ।

क्रस–टेरेन अर्थात् विभिन्न प्रकारका सडक र भू–भागमा सहज रूपमा सञ्चालन गर्न मिल्ने गरी डिजाइन गरिएको फ्लाइगन २२० दैनिक आवागमन, लामो दूरीको यात्रा तथा साहसिक यात्रालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीको दाबी छ।

फ्लाइगन २२० सिटीमा सहरी सडक, राजमार्ग तथा सामान्य अफ–रोड यात्राका लागि उपयुक्त सडकमुखी टायर प्रयोग गरिएको छ भने फ्लाइगन २२० हिल्समा पहाडी तथा कच्ची सडकमा राम्रो नियन्त्रण र पकड दिने साहसिक यात्रामुखी टायर जडान गरिएको छ।

कम्पनीले मोटरसाइकलमा पाँच वर्षको वारेन्टी उपलब्ध गराएको छ। यसले मोटरसाइकलको गुणस्तर, टिकाउपन र दीर्घकालीन विश्वसनीयताप्रति कम्पनीको विश्वास झल्काउने जनाएको छ।

नेपालका सडक र नेपाली राइडरलाई ध्यानमा राख्दै मोटरसाइकलमा ७८० मिलिमिटर सिट उचाइ र २३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स राखिएको छ। यसले असमान सडक, स्पिड ब्रेकर तथा पहाडी बाटोमा पनि सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको भनाइ छ।

मोटरसाइकलमा अगाडि १३०/८०–१८ र पछाडि १८०/८०–१४ आकारका फराकिला टायर प्रयोग गरिएको छ, जसले विभिन्न सडकमा राम्रो पकड, स्थिरता र आकर्षक उपस्थिति प्रदान गर्ने बताइएको छ।

दुवै भेरियन्टमा बोस ईएफआई प्रविधियुक्त २२० सीसी क्षमताको एक सिलिन्डर, हावाबाट चिसिने इन्जिन प्रयोग गरिएको छ। इन्जिनले ७ हजार ५०० आरपीएममा १२.८ किलोवाट शक्ति र ५ हजार ५०० आरपीएममा १७ न्युटन–मिटर टर्क उत्पादन गर्छ। यसमा पाँच–गियर प्रणाली र चेनमार्फत शक्ति प्रवाह हुने व्यवस्था गरिएको छ।

मोटरसाइकलमा प्यासिभ किलेस प्रवेश प्रणाली, बटनबाट स्टार्ट हुने सुविधा, स्मार्ट लकिङ प्रणाली, चोरीविरुद्धको सुरक्षा चेतावनी, २.८ इन्चको टीएफटी डिजिटल डिस्प्ले लगायतका आधुनिक सुविधा समावेश गरिएको छ। कम्पनीका अनुसार यसको सिधा बस्ने राइडिङ अवस्था, सन्तुलित डिजाइन र कम गुरुत्व केन्द्रले नयाँ तथा अनुभवी दुवै राइडरलाई सहज र आत्मविश्वासपूर्ण अनुभव प्रदान गर्नेछ।

कम्पनीले फ्लाइगन २२० सिटी को मूल्य रु. ५ लाख ४९ हजार ९९९ तथा फ्लाइगन २२० हिल्स को मूल्य रु. ५ लाख ७४ हजार ९९९ निर्धारण गरेको छ। दुवै मोडलको बुकिङ देशभरका आधिकारिक क्रसफायर तथा लेटबी बिक्री केन्द्रमार्फत खुला गरिएको कम्पनीले जनाएको छ।

क्रसफायर नेपालले नेपाली बजारमा उच्च कार्यसम्पादन, साहसिक यात्रा र आधुनिक जीवनशैलीअनुकूल मोटरसाइकल उपलब्ध गराउने लक्ष्यका साथ नवीन उत्पादन तथा सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...