NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले युवा पुस्तालाई लक्षित गर्दै किफायती मूल्यमा कृत्रिम बुद्धिमत्ता (एआई) सुविधा, उच्च कार्यसम्पादन, मजबुत सुरक्षा र दीर्घकालीन सफ्टवेयर सहयोगसहितको नयाँ स्मार्टफोन बजारमा ल्याएको जनाएको छ।

सामसङ नेपालका एमएक्स व्यवसायका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी ए सिरिजमार्फत अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्ताको पहुँचमा पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ। उनका अनुसार ग्यालेक्सी ए२७ फाइभ–जी मा समावेश गरिएको ‘असम इन्टेलिजेन्स’ सुविधाले दैनिक प्रयोगलाई सहज बनाउनुका साथै कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोगलाई थप विस्तार गर्नेछ। कम्पनीले यससँगै २४ महिनासम्मको मासिक किस्ता सुविधा पनि सुरु गरेको छ।

ग्यालेक्सी ए२७ फाइभ–जी मा ६.७ इन्चको पूर्ण एचडी प्लस सुपर एमोलेड डिस्प्ले, १२० हर्जसम्मको रिफ्रेस दर तथा इन्फिनिटी–ओ डिजाइन प्रयोग गरिएको छ। ७.८ मिलिमिटर पातलो डिजाइनमा उपलब्ध यो फोन हल्का हरियो, हल्का गुलाबी र कालो रङमा बजारमा आएको छ।

फोनमा ४ नानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ६ जेन–३ अष्टकोर प्रोसेसर राखिएको छ, जसले एप सञ्चालन, भिडियो स्ट्रिमिङ तथा कृत्रिम बुद्धिमत्तामा आधारित एप प्रयोग गर्दा सहज कार्यसम्पादन गर्ने कम्पनीको दाबी छ।

कृत्रिम बुद्धिमत्ता सुविधाअन्तर्गत फोनमा आवाजलाई स्वतः पाठमा रूपान्तरण गर्ने सुविधा समावेश गरिएको छ। यो सुविधा विद्यार्थी, व्यवसायी तथा बैठक वा कक्षाका नोट तयार गर्ने प्रयोगकर्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ। साथै, यसमा गुगल जेमिनी र पर्प्लेक्सिटीजस्ता कृत्रिम बुद्धिमत्ता सहायकको पनि समर्थन रहेको छ।

तस्बिर खिच्नका लागि फोनमा ५० मेगापिक्सेलको अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) सहितको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा तथा १२ मेगापिक्सेलको अगाडिको क्यामेरा राखिएको छ।

फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री, २५ वाट द्रुत चार्जिङ, एन्ड्रोइड १६ मा आधारित वान यूआई ८.५, सामसङ नक्स भल्ट सुरक्षा प्रणाली तथा आईपी–६४ स्तरको पानी र धुलो प्रतिरोधी सुविधा समावेश गरिएको छ।

सामसङले ग्यालेक्सी ए२७ फाइभ–जी को ६ जीबी र्याम र १२८ जीबी भण्डारण क्षमतायुक्त संस्करणको मूल्य रु. ५५ हजार ९९९ तथा ८ जीबी र्याम र ५१२ जीबी भण्डारण क्षमतायुक्त संस्करणको मूल्य रु. ६९ हजार ९९९ तोकेको छ।

कम्पनीले फोन खरिदलाई थप सहज बनाउन १२ र २४ महिनासम्मको मासिक किस्ता सुविधा उपलब्ध गराएको जनाएको छ। २४ महिनाको योजनाअन्तर्गत ग्राहकले प्रतिमहिना रु. १ हजार ५१९ देखि किस्ता तिर्दै सुरुआती भुक्तानीबिनै फोन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

यसका साथै, पुरानो फोन साटेर नयाँ फोन खरिद गर्ने ग्राहकलाई पुरानो फोनको मूल्यबाहेक थप रु. ८ हजारसम्म साटासाट बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ। नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी खरिद गर्ने ग्राहकलाई १२० जीबी एनसेल डाटा पनि उपहारस्वरूप प्रदान गरिनेछ।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...