CG Electronics
IME Life
Ncell NPL

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड’ कार्यक्रम सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड २०२४‘ सम्पन्न भएको छ ।

भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्षः फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै सञ्चालक विमल प्रसाद ढकालले गत आवमा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।

आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको कुरा बताए ।

कम्पनीसँग जोडिएर बीमाको पहुँचलाई गाउँघरमा पु¥याउन अहोरात्र खट्ने बीमा अभिकर्ताहरूको जीवन स्तरमा वृद्धि भएको र अबको समय भनेको पुस्तान्तरणको रहेको कुरा समेत बताए ।

आफूमा भएको सीप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके बीमाको पहुँच अभिवृद्धि हुने कुरा बताए । अहिलेको वर्तमान अवस्थामा नयाँ जोश, नयाँ जाँगर र प्रवृधिसँगको सामिप्यताले नयाँ पुस्तालाई बीमाको बजारीकरण गर्न झन् सहज हुने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आ।व। को कार्यसम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८१/८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उनीहरुकै अथक मेहनत र परिश्रमका कारणनै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकैनै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

कार्यक्रममा बोल्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८०/८१ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता,सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।

गत वर्ष कम्पनीले कम्पनीलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको र यसले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको कुरा बताए । यसको अधिकतम प्रयोग गर्दै व्यवसायलाई थप उचाइमा पुर्याउन अहोरात्र खट्नका निम्ति सबैलाई आग्रह गरे ।

स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ बाट खुल्दै, ७.७८ लाख कित्ता शेयर सर्वसाधारणका लागि

स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ बाट...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:३९

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका...

कृषि विकास बैंक र सम्सारा रेमिट बीच सम्झौता

कृषि विकास बैंक र सम्सारा रेमिट बीच...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३३

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा....

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२८

  काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता लिडरहरूको...

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई सम्मान, बीमा क्षेत्र सुधारमा सहकार्यको प्रतिबद्धता

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२४

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिनिधि सभा निर्वाचन २०८२...

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय उद्घाटन, बीमा पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा जोड

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:१७

  काठमाडौं। मेटलाइफ नेपालले जुम्लामा आफ्नो नयाँ एजेन्सी कार्यालयको औपचारिक...