CG Electronics
IME Life
Ncell NPL

दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रा.लि नियूक्त

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रा.लि.लाई नियूक्त गरेको छ।

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रा.लि.को शोरुममा गई दिपल गाडी बुकिङ्ग गर्न सकिने बताएको छ। नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ।

टेस्ट ड्राईभको लागि एक साताभित्र गाडी पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ। दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने बताइएको छ। गाडी बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साताभित्रै गाडी उपलब्ध गराईने कम्पनीले जानकारी गराएको छ।

दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ। नेपालमा यो गाडीको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकिएको छ। सिंगल चार्जमा ४१० देखी ४८५ कि.मी रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ।

एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। हिमालय अर्गनाईजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रा.लि.फोर्स मोटर्सका गाडीको लागि नेपालको आधिकारिक विक्रेता हो।

विगत ३ दशक भन्दा बढि समय देखी यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहदैँ आएको छ। यो समुहका अध्यक्ष ध्रुव थापा छन्। उनी नाडाको निर्वतमान अध्यक्ष समेत छन्।

बुकिङ्ग गर्न वा थप जानकारीका लागि ९८५६०४७६६६ वा ९८५६०३७३४९ सम्पर्क गर्न सक्नुहुनेछ।

एलआरआर मोटर्सको ‘जिली ईएक्स५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ भव्य रूपमा सम्पन्न

एलआरआर मोटर्सको ‘जिली ईएक्स५ सुपर सेल्स एण्ड...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३८

  काठमाडौँ । एलआरआर मोटर्सले काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुममा आयोजना...

ईभी ब्याट्रीमा क्रान्ति: सीएटीएलको १५०० किमि रेन्ज र ६ मिनेटमै चार्ज हुने प्रविधि, विश्व बजारमा चीनको पकड थप मजबुत

ईभी ब्याट्रीमा क्रान्ति: सीएटीएलको १५०० किमि रेन्ज...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:०५

काठमाडौं । चिनियाँ ब्याट्री निर्माता कम्पनी सीएटीएलले एकपटक चार्ज गर्दा...

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव: देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव:...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:०२

  काठमाडौं, नेपाल – २६ अप्रिल, २०२६ – बतास अर्गनाइजेशन...

Nepali Riders Make Their Mark with Standout Finish at ARE GP Grand Finale

Nepali Riders Make Their Mark with Standout...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:२२

  Kathmandu, Nepal – April 22, 2026: A new chapter...

शेखर गोल्छा प्रकरणमा नाइमाको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

शेखर गोल्छा प्रकरणमा नाइमाको ध्यानाकर्षण, निष्पक्ष छानबिनको...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:१८

  काठमाडौं, वैशाख ११ — Nepal Automobile Importers and Manufacturers...

इनड्राइभद्वारा उत्कृष्ट चालक साझेदारलाई ईभी क्याब र ई–स्कुटर वितरण

इनड्राइभद्वारा उत्कृष्ट चालक साझेदारलाई ईभी क्याब र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:०५

    काठमाडौं। inDrive ले ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियानअन्तर्गत उत्कृष्ट...