CG Electronics
IME Life
Ncell NPL

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र ५ हजार ५७० मिटर उचाइमा रहेको नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण सम्पन्न गरिएको छ ।

जुगल गाउँपालिकाको विशेष आयोजना तथा जुगल गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अध्ययन तथा अन्वेषण परियोजना अन्तर्गत वैशाख ३ गते उक्त सफल आरोहण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यस पिकलाई ‘जुगल एभरेष्ट भ्यू प्वाइन्ट’नामकरण गरिएको छ । लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानले नेपालको साहसिक पर्यटनमा नयाँ आयाम थप्ने गाउँपालिकाको विश्वास छ । साथै, यसले स्थानीय समूदायको आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’बाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल चो ओयू, मकालु, ल्होत्से, शिशापाङ्मा लगायत—स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ । साथै, जुगल हिमशृङ्खलाका अन्य दर्जनौँ हिमचुचुराहरू पनि नजिकबाट देख्न सकिने बताइएको छ।

यस पिकको अर्को विशेषता यसको सहज र सुरक्षित आरोहण रहेको जनाइएको छ। कुनै विशेष प्राविधिक कठिनाइ तथा जटिल उपकरणको आवश्यकता नपर्ने भएकाले सामान्य शारीरिक तन्दुरुस्ती भएका पर्यटक तथा पदयात्रीले पनि सहज रूपमा आरोहण गर्न सक्नेछन् ।

काठमाडौंबाट नजिकको पहुँच, छोटो समय र न्यूनतम खर्चमै हिमाल आरोहणको अनुभव लिन सकिने भएकाले यो गन्तव्य आन्तरिक तथा बाह्य पर्यटकका लागि ‘गेम चेन्जर’ बन्न सक्ने विश्वास गाउँपालिकाको छ ।

यस ऐतिहासिक उपलब्धिसँगै विस्तृत प्राविधिक प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...