CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । महालक्ष्मी विकास बैंक ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न क्षेत्रहरूमा केन्द्रित कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा र परोपकारका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

यसै क्रममा बैंकले लुम्बिनी वर्ल्ड पिस फोरम सँगको सहकार्यमा “दश लाख वृक्षारोपण तथा संरक्षण अभियान” अन्तर्गत पृथ्वी दिवसको अवसरमा खप्तड छेडेदह गाउँपालिका वडा नं. १, काँडामा २००० वटा कागतीका बिरुवा रोप्न आर्थिक सहयोग गरेको छ। उक्त अभियानले हरियाली विस्तार, स्थानीय खाद्य सुरक्षा सुदृढीकरण, दिगो स्रोत उपयोग तथा रोजगारी सिर्जना मार्फत दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा जीविकोपार्जनमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ।

त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रमलाई सहयोग गर्दै संकलित रकम कान्ति बाल अस्पताल को क्यान्सर वार्डमा हस्तान्तरण गरिएको छ।

ग्लोबल मनी विक २०२६ को अवसरमा बैंकले बाँकेको नेपालगञ्जस्थित श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। साथै, युवामाझ जिम्मेवार वित्तीय व्यवहार र आर्थिक ज्ञान प्रवर्द्धन गर्ने उद्देश्यले सातौँ नेपाल इकोनोमिक ओलम्पियाडलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ।

त्यस्तै, मिति २०८२ चैत २ देखि ८ गतेसम्म मनाइएको ग्लोबल मनी विक २०२६ का अवसरमा बैंकका देशभर रहेका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरूलाई समेट्दै वित्तीय साक्षरता, ¥याली तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

“सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसात् गर्दै सेवा प्रदान गरिरहेको बैंकका देशभर १०३ शाखा कार्यालयहरू रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको जनाएको छ। बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...