CG Electronics
IME Life
Ncell NPL

नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स “शेपिङ द फ्यूचर” सम्पन्न

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ‘ब्रान्च म्यानेजर्स एन्युअल कन्फरेन्स’ भव्य रुपमा सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०।०८१ मा उत्कृष्ट कार्य सम्पादन गरेका ब्रान्च म्यानेजर्सहरुलाई सम्मान गर्न र चालु आवका व्यवसायिक रणनितीहरु सम्बन्धि छलफलको लागि उक्त कन्फरेन्स गरिएको कम्पनीले जनाएको छ । चितवनको सोल्टी वेस्टेड रिसोर्टमा ११८ जना भन्दा बढी ब्रान्च म्यानेजर्सको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कर्मचारीहरुलाई उनीहरुले गरेको कार्यको तारिफ गर्दै हौसल प्रदान गरेकी छिन् । उनले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गर्दैै प्रोत्साहन गरेकी छिन् ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रिले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएका ब्रान्च म्यानेजर्सहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले नेशनल लाइफको वित्तीय अवस्था पनि एकदम बलियो बन्दै गएको र आउँदो दिनमा अझ सशक्त भएर अगाडी बढ्नु पर्ने बताए ।

चितवनमा भव्य रुपमा सम्पन्न भएको उक्त कन्फरेन्समा गत आवमा विभिन्न बिधामा उत्कृष्ट कार्य सम्पादन गरेका ब्रान्च म्यानेजर्सहरुलाई सम्मानित गरेको छ । देशभरीका ब्रान्च म्यानेजरहरुको सहभागिताले आपसी चिनजान र सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने कर्मचारीहरुको प्रतिक्रिया दिएका छन् ।

कम्पनीले सहभागि भएका सबै ब्रान्च म्यानेजर्सहरुको योग कक्षाहरु सञ्चालन गराउँनुका साथै विभिन्न खेलकुदहरुको समेत व्यवस्था गरेको थियो ।कार्यक्रममा कम्पनी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह, प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रि लगायतका व्यवस्थापकीय कर्मचारी र देशभरीका ब्रान्च म्यानेजर्सको सहभागिता रहेको थियो ।

 

 

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...