Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सकरात्मक सोचको विकास गरेर विदेशिनेक्रम रोक्नुपर्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै सकरात्मक विचार आवश्यक रहेको औंल्याए ।

काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उदघाटन समारोहमा बोल्दै मन्त्री सिंहले समाजमा नकारात्मक कुराहरुमा मान्छेहरुले बढि समय खेर फालिरहेको बताए ।

साथै उनले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताए । उनले नेपालमा पढ्ने विद्यार्थीहरुको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको बताए ।

नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताउँदै उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरु नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने बताए ।

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदनप्रदान गर्नसक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन्,’ उनको भनाइ थियो ।

पूर्वमन्त्री गणेश साहले हरेक विद्यार्थीले गुरुको आशिर्वाद लिनुपर्ने बताउँदै ज्ञानवद्र्धक क्षेत्रमा विद्यार्थीहरु आकर्षित हुनुपर्ने बताए ।

आफ्नो ज्ञान विश्वमा जोड्न सुझाव दिंदै विद्यार्थीहरु सिर्जनशिल र क्रियाशील हुन सुझाव दिए । उनले मुलुकबाट पंचायती र राजतन्त्र हटाउन सफल भएपनि गरिबि हटाउन नसकेको बताउँदै नेपाली विद्यार्थीहरुलाई विदेश जान रोक्नुपर्ने बताए ।

प्राध्यापक रामकृष्ण रेग्मीले समय सापेक्षित शिक्षाका माध्यमबाट कान्तिपुर सिटी कलेजले राम्रो उपलब्धी हासिल गरेको बताए ।

नेपाल व्यवस्थापन संघ म्यानका महासचिव इन्द्र कुमार श्रेष्ठले केसीसी एक्जिबिट निरन्तरता मात्र नभइ रुपान्तरणका लागि भएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्ने बताए ।

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजितकुमार पोदारले केसीसी एक्जिबिटजस्ता कार्यक्रमहरु हरेक कलेजमा हुनुपर्ने बताउँदै विदेशिनेक्रम रोकिनुपर्ने बताए । उनले सीप हातमा भएका विद्यार्थीहरु स्वदेशमा रोजगारी दिनुपर्ने धारणा राखे ।

पूर्वान्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन ई.देवी प्रसाद भट्टराईले कक्षा कोठाभित्र सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै उच्च शिक्षा अध्ययनका नाममा विदेश पलायन रोक्नुपर्ने बताए ।

उनले प्रत्येक बर्ष उच्च अध्ययनका नाममा वार्षिक एक खर्ब रुपैंयाँ विदेशिने गरेको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्न सरकारले साथ दिनुपर्ने बताए ।

कान्तिपुर सिटी कलेजका प्रिन्सिपल केसीसी एक्जिबिटले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने भएकाले यसलाई निरन्तरता दिएको बताए । उनले आफ्नो कलेजका विद्यार्थीहरुले सिर्जना जस्ताको त्यस्तै प्रदर्शनीमा राखिएको बताए ।

शुक्रबार र शनिबार चल्ने ‘केसीसी एक्जिबिट २०२४’मा कलेजकै विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने जनाइएको छ ।

सो अवसरमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहितका कलाकारहरुका विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने जनाइएको छ ।

 

 

 

 

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...