CG Electronics
IME Life
Ncell NPL

सकरात्मक सोचको विकास गरेर विदेशिनेक्रम रोक्नुपर्छ : मन्त्री सिंह

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै सकरात्मक विचार आवश्यक रहेको औंल्याए ।

काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उदघाटन समारोहमा बोल्दै मन्त्री सिंहले समाजमा नकारात्मक कुराहरुमा मान्छेहरुले बढि समय खेर फालिरहेको बताए ।

साथै उनले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताए । उनले नेपालमा पढ्ने विद्यार्थीहरुको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको बताए ।

नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताउँदै उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरु नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने बताए ।

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदनप्रदान गर्नसक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन्,’ उनको भनाइ थियो ।

पूर्वमन्त्री गणेश साहले हरेक विद्यार्थीले गुरुको आशिर्वाद लिनुपर्ने बताउँदै ज्ञानवद्र्धक क्षेत्रमा विद्यार्थीहरु आकर्षित हुनुपर्ने बताए ।

आफ्नो ज्ञान विश्वमा जोड्न सुझाव दिंदै विद्यार्थीहरु सिर्जनशिल र क्रियाशील हुन सुझाव दिए । उनले मुलुकबाट पंचायती र राजतन्त्र हटाउन सफल भएपनि गरिबि हटाउन नसकेको बताउँदै नेपाली विद्यार्थीहरुलाई विदेश जान रोक्नुपर्ने बताए ।

प्राध्यापक रामकृष्ण रेग्मीले समय सापेक्षित शिक्षाका माध्यमबाट कान्तिपुर सिटी कलेजले राम्रो उपलब्धी हासिल गरेको बताए ।

नेपाल व्यवस्थापन संघ म्यानका महासचिव इन्द्र कुमार श्रेष्ठले केसीसी एक्जिबिट निरन्तरता मात्र नभइ रुपान्तरणका लागि भएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्ने बताए ।

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजितकुमार पोदारले केसीसी एक्जिबिटजस्ता कार्यक्रमहरु हरेक कलेजमा हुनुपर्ने बताउँदै विदेशिनेक्रम रोकिनुपर्ने बताए । उनले सीप हातमा भएका विद्यार्थीहरु स्वदेशमा रोजगारी दिनुपर्ने धारणा राखे ।

पूर्वान्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन ई.देवी प्रसाद भट्टराईले कक्षा कोठाभित्र सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै उच्च शिक्षा अध्ययनका नाममा विदेश पलायन रोक्नुपर्ने बताए ।

उनले प्रत्येक बर्ष उच्च अध्ययनका नाममा वार्षिक एक खर्ब रुपैंयाँ विदेशिने गरेको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्न सरकारले साथ दिनुपर्ने बताए ।

कान्तिपुर सिटी कलेजका प्रिन्सिपल केसीसी एक्जिबिटले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने भएकाले यसलाई निरन्तरता दिएको बताए । उनले आफ्नो कलेजका विद्यार्थीहरुले सिर्जना जस्ताको त्यस्तै प्रदर्शनीमा राखिएको बताए ।

शुक्रबार र शनिबार चल्ने ‘केसीसी एक्जिबिट २०२४’मा कलेजकै विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने जनाइएको छ ।

सो अवसरमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहितका कलाकारहरुका विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने जनाइएको छ ।

 

 

 

 

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...