Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

दशैं अगाडिसम्म सबै दुग्ध र उखु किसानको वक्यौता भुक्तानी गरिने

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशैं अगाडिसम्म सबै दुग्ध किसानहरुको वक्यौताको भुक्तानी गर्ने भएको छ ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाडिसम्म भुक्तानी गर्ने जानकारी दिएका हुन् ।

उनले भने,‘दुग्ध किसानले पाउनुपर्ने वक्यौताको उपलब्ध गराउन सुरु भएको छ । साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । बाँकी एक अर्ब ३६ करोड रुपैयाँ अब किसानको पैसा तिर्न बाँकी छ । त्यो रकम कम्तिमा भदौ महिनाभित्र नत्र दशैं अगाडिसम्म सबै किसानहरुले विगत ११ महिनादेखि बाँकी रहेको भुक्तानी गरिसक्ने विश्वास दिलाउन चाहन्छु ।’

किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको पनि उनले जानकारी दिए ।
मन्त्री अधिकारीले उखु किसानहरुको भुक्तानी गर्न बाँकी रकम एक अर्ब ३० करोड पनि दशैं अगाडि नै उपलब्ध गराउने विश्वास दिलाए । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र विरतरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेको उनको भनाई छ ।

उनले भने,‘उखु किसानहरुको बारेमा पनि मन्त्रालय जानकार छ । दशै अगाडि नै रकम उपलब्ध गराउनेगरी मन्त्रालयले गृहकार्य थालिसकेको छ । एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेका छौं ।’

उनले सँधै उधारो दुध किसानबाट लिने ,नगदमा बेच्ने र किसानलाई पैसा नदिने समस्या रहेको भन्दै यसको दिर्घकालिन रुपमा समाधनका लागि पहल गरिरहेको उनल ेजानकारी दिए ।

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:००

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा...

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५६

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त...