Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित दिगो ग्रामीण विकासका लागि विकास संघ(आफा) को क्षेत्रिय कार्यशाला तथा ११औं साधारणसभामा बोल्दै मन्त्री अधिकारीले किसानको प्रतिनिधित्व गर्ने किसानहरुले, कृषकका मर्म बुझेकाहरुले आवश्यक पहल गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी छ । किसानको प्रतिनिधित्व गर्नुुहुने किसानहरुले, कृषकका मर्म बुझ्नुभएकाहरुले उहाँहरुले यसको लागि आवश्यक पहल गर्ने बेला भएको छ ।’

साथै उनले किसानको उन्नती हुन्न नहुञ्जे देशको प्रगति नहुने बताए । उनले सरकारले नेपालमा रहेका भूमिहिन, अव्यवस्थित, किसानहरुलाई व्यवस्थित गर्न लागेको बताए ।

उनले भने, ‘जबसम्म किसानको उन्नती हुन्न, जबसम्म कृषकहरुलाई अगुवा बनाउँदैनौं तबसम्म देशको प्रगति हुन सक्दैन । कतिपय मुलुकहरुमा त्यस्तो नहोला, आम रुपमा । त्यो पनि एसियाका देशहरु कृषि मै आधारित छौं । कृषकहरुमा एकआपसमा सम्बन्ध जोडिएको हुन्छ ।

हामी यहाँका उत्पादनहरु अन्यत्र लान्छौं, अन्यत्रका यहाँ ल्याउँछौं । एक आपसमा हामी त्यो हिसाबले पनि हामी सम्बन्धित छौं । अहिले नेपाल सरकारले जनतालाई आधारभुत रुपमा खाद्य सम्प्राभुद्धा अथवा खाद्य अधिकारको ग्यारेन्टी गरेको छ ।

संविधानमा उल्लेख नियमहरुको कार्यान्वयनको निम्ति काम गरिरहेको छ । सरकारले नेपालमा रहेका भूमिहिन, अव्यवस्थित, किसानहरुलाई व्यवस्थित गर्न लागेको छ ।’

 

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...