CG Electronics
IME Life
NIMB

नेपाल लाइफद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टम ‘नेपाल लाइफ पाठशाला’ अनावरण

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले सिस्टममा लग इन गरी उक्त प्ल्याटफर्मको उद्घाटन गरेका हुन्।

कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारीहरू, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधिहरू, बीमक समिति नेपाल लाइफका पदाधिकारीहरूको उपस्थिति थियो। सीईओ पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपालको युवा जनशक्तिको महत्वपूणर् हिस्सालाई उद्यमशीलतामा लगानी गर्न सके देशको आर्थिक विकास सहज हुने बताए। उनले भूमण्डलीकरणको प्रभावले विश्व एक डिजिटल डिभाइसमा सीमित बनेको उल्लेख गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न युवाहरूलाई डिजिटल प्रविधिको सदुपयोग गर्न आग्रह गरे।

नेपाल लाइफले लर्निङ म्यानेजमेन्ट सिस्टममार्फत बीमा अभिकर्ताहरूको तालिम घरै बसीबसी लिन सकिने सुविधा दिएको छ। पराजुलीले हालका लागि नेपाल बीमा प्राधिकरणद्वारा तर्जुमा गरिएको पाठ्यक्रमको आधारमा श्रव्य दृश्य सामग्रीमार्फत अभिकर्ताको आधारभूत तालिम सञ्चालन गरिएको र भविष्यमा कर्मचारीहरूको सीप अभिवृद्धिका लागि पनि कार्यक्रम ल्याइने जानकारी दिए। साथै, बीमा नवीकरण शुल्क भुक्तानी र बिमा योजना अन्तर्गत कर्जाको भुक्तानीका लागि कम्पनीले ल्याएको डाइनामिक क्यूआरको प्रयोग गरेर घरमै बसेर भुक्तानी गर्न पनि आग्रह गरे।

नायब महाप्रबन्धक उमापति पोखरेलले भौतिक तालिमको आवश्यकता घटाउँदै प्ल्याटफर्मले बीमा अभिकर्ता बन्न चाहनेलाई आफ्नो अनुकूल समयमा तालिम लिन सहज बनाएको उल्लेख गरे। उनले नेपाल लाइफलाई यस्तो प्रविधिमैत्री प्ल्याटफर्म विकास गर्ने पहिलो कम्पनी भएकोमा गर्व लागेको बताए।

तालिम विभाग प्रमुख रोजेश बस्नेतले प्ल्याटफर्मको उपयोगिता र प्रयोगका विधिहरू प्रस्तुत गरे भने सूचना प्रविधि विभाग प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्यूआरको प्रयोगबारे प्रष्ट्याए। बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले तालिम प्रक्रियालाई सहज बनाउने नेपाल लाइफको प्रयासको प्रशंसा गर्दै भविष्यमा पनि प्रविधिमैत्री काममा अग्रसरता रहने विश्वास व्यक्त गरे।

पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले दुई दशकअघिको स्थिति सम्झँदै अहिले घरैबाट तालिम लिन सक्ने अवसर सिर्जना गरेकोमा नेपाल लाइफको प्रशंसा गरे।

समापन मन्तव्यमा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले यस प्रणालीको विकासमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैलाई धन्यवाद दिए। उनले प्रविधिमा आएको परिवर्तनलाई आत्मसात् गर्दै कम्पनीलाई अगाडि बढाउन निरन्तर प्रयासरत रहेको बताए।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...