Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

विद्युतिय कारोबार सम्बन्धि विधेयक समितिबाट चाँडै पारित हुन्छ : सभापति खान

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतिय कारोबार सम्बन्धि विधेयक चाँडै पारित गर्ने बताएका छन् ।

 

मंगलबार नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले कार्तिक २५ गतेदेखि विधेयकमाथि दफाबार छलफल सुरु गर्ने र चाँडै विधेयक समितिबाट पारित गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘विद्युतिय कारोबार विधेयक समितिमा छ । यसमा २५ गतेदेखि दफाबार सायद छलफल सुरु हुन्छ । र पाँच सात वटा बैठकपछि यो विधेयक समितिबाट पारित गर्ने समितिको सोच छ र सदनबाट पारित गरेर राष्ट्रपति समक्ष लगेर प्रमाणिकरण हुन्छ ।’

उनले अहिलेको आइटीको युगमा सबैले आफ्नो ढंगले विद्युतिय कारोबार गर्न पाउनुपर्ने भन्दै विधेयक छिटो छरितो ल्याउन तत्पर रहेको बताए ।

उनले भने, ‘अबको युग भनेको आइटीको युग हो । सबैले आफ्नो ढंगले व्यापार गर्न सक्नुहुन्छ । ऐन कानुन पक्कै आउछ । कारोबार त भइरहेको छ तर ऐन कानुनको प्रभावमा धेरै ठगिने समस्या बढेको छ । त्यसैले हामी यो विधेयक छिटो छरितो ल्याउन तत्पर छौं ।’

सभापति खानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको राजनीति तरल अवस्थामा रहनका साथै विभिन्न वारहरु भइरहेको बताए । जसको प्रतिकुल प्रभाव नेपालमा पनि विभिन्न रुपमा आएको कारण सर्तक अपनाउन आवश्यक रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको राजनीति अलिकत तरल अवस्थामा छ । विभिन्न प्रकारका वारहरु छन् । यस सम्बन्धमा आर्थिक मन्दी हुने विभिन्न प्रकारका समस्याहरु आउन सक्ने र अहिले जुन प्रकारका वारहरु भइरहेका छन् । यसका तरङ्गहरु यसबाट हुने प्रतिकुल प्रभाव हाम्रो देशमा पनि विभिन्न रुपमा आएका छन् । हामी सर्तक हुनुपर्छ ।’

 

 

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...