Ncell NPL
NIMB
NMB Bank

आजबाट प्रभु महालक्ष्मी लाइफ आठौं वर्षमा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात मंसिर २८ गतेबाट औपचारिक कारोबार सुरु गरेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले आठौं वर्ष प्रवेशको अवसर पारेर पोखरा लगायत देशका विभिन्न शाखा कार्यालयहरुले कुनै न कुनै सामाजिक कार्यमार्फत बार्षिक उत्सव मनाइरेहको कम्पनीले जनाएको छ । शाखा कार्यालयहरुले यस अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

प्रभु ग्रुप मुख्य प्रबद्र्धक रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०७४ साल मंसिर २८ गतेदेखि सुरु गरेको थियो । पछिल्लो पुस्ताको जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

बार्षिकोत्सवको अवसर पारेर कम्पनीले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेको छ । गौरवपूर्ण सात वर्ष पुरा गरी आठौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले जारी गरेको शुभकामना सन्देशमा अत्याधुनिक र विश्वसनीय जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

साथै आगामी कैयौं वर्षहरुसम्म बीमित र परिवारको साथमा रहेर जोखिम बहन गरिरहने उल्लेख छ । कम्पनीले अभिकर्ताहरुले देशका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको बीमा गरी सात वर्षको अवधिमा लाखौ मानिसको जीवन रक्षावरण गर्न सफल भएका छन् । बार्षिकोत्सवकै अवसरमा प्रभु महालक्ष्मी लाइफले नियामक निकाय, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझै बढि लाभ प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।

सात वर्षकै अवधीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

वर्षिक उत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नियमक निकाय बीमा प्राधिकरण, सञ्चालक, शेयरधनी, कर्मचारी, अभिकर्ता तथा आम बीमितहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले कम्पनीका सम्पूर्ण वित्तीय सूचांकहरु एकदमै बलिया रहेका र आउँदो दिनमा अझै बलियो बीमा कम्पनीका रुपमा स्थापित हुने प्रतिवद्धता जनाएका छन् ।

हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई रहेका छन् । उनले कुशलतापूर्वक कम्पनीलाई प्रगतिपथमा अघि बढाउन सफल भएका छन् । शिक्षा भट्टचन अध्यक्ष रहेको प्रभु महालक्ष्मी लाइफमा सुसन शेरचन, सम्झना अर्याल, विरेन्द्रजंग पाण्डे, शंकर गौतम, भावना बलायर र ज्योति शेरचन सञ्चालक रहेका छन् । सञ्चालक समितिमा महिला सञ्चालकहरुको बढी सहभागिताले समेत आम बीमा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

त्यस्तै, कम्पनीको डेपुटी सिईओमा किशोर प्रसाद लामिछाने, डेपुटी जनरल म्यानेरमा सोन बहादुर मगर, एसिस्टेन्ट जनरल म्यानेजर नमस सिंह देउजा, टिका दत्त प्याकुरेल रहेका छन् । देशैभरि हजारौं बीमा अभिकर्ता, एजेन्सी रहेका कम्पनीले दुर दराजमा पुगेर जीवन बीमा तथा लघु जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज गर्ने निर्णय, आजदेखि समायोजन लागू

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:३२

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टरमा आकर्षक छुट

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:२९

  काठमाडौं । मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु...

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्ड ‘एलएस होराइजन १२’ लाई धितोपत्र बोर्डको स्वीकृति

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्ड ‘एलएस...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:२१

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक प्रवर्द्धक...

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६...

वि.सं.२०८३ वैशाख २ बुधवार २३:३७

  काठमाडौँ, अप्रिल १५, २०२६- नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो...

काठमाडौंमा पियरसन पीटीई साझेदार भेटघाट: शिक्षा, सहकार्य र बीमाको महत्वमा जोड

काठमाडौंमा पियरसन पीटीई साझेदार भेटघाट: शिक्षा, सहकार्य...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:४६

काठमाडौं । काठमाडौंस्थित Kathmandu Marriott Hotel मा Pearson PTE पार्टनरहरूको...