सांग्रिला विकास बैंकले बोलायो साधारणसभा

Sunday Dec 22, 2024
वि.सं.२०८१ पुस ७ आइतवार ०८:३४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यही पुस २९ गते सोमबार २० औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
सभाले चुक्ता पूँजीको ३.६५१६ प्रतिशत बोनस शेयर र ०.१९२२ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ। गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।
त्यसैगरी बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्न र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चाल समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।
सभा प्रयोजनार्थ बैंकले पुस १७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।