Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

लक्ष्मी सनराइज बैंक र आईएफसी बिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बीच समझदारी भएको छ । एम्पावर फाइनान्स एलायन्स अन्तर्गत सम्झौतामा हस्ताक्षर गरिएको हो ।

 

नेपालमा यस प्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चाल्नेछ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्‍याउनेछ।

पतिपत्नि, वृद्ध आफन्त वा घरपरिवारका अन्य सदस्यहरूमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो । यसमा परिवारका सदस्यहरूको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरूको दुरुपयोग जस्तै, आफ्नो बैंक खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरूबाट आफ्नो लागि नभई अरूका लागि ऋण लिन बाध्य बनाइनु जस्ता क्रियाकलापहरू पर्दछन् । यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ ।

एम्पावर फाइनान्स एलायन्स मार्फत आइएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्ग निर्देशन दिनेछ । यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्‍याउनेछ। यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महत्त्वपूर्ण तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्ने तर्फ एक महत्त्वपूर्ण कदम रहेको लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बताए ।

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२९

काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित...

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२३

  काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५ प्रो ५जी नेपालमा सार्वजनिक

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:२८

काठमाडौं, नेपाल — विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...