CG Electronics
IME Life
NIMB

चिसो मौसममा बुढाबुढी र युवाहरुलाई छाला सम्बन्धि बढी समस्या देखिन्छ : डा.अमृता श्रेष्ठ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

विशेषगरी जाडोमा स्किन केयर एकदमै आवश्यक छ । जुनसुकै उमेरका व्यक्तिहरुले छालाको राम्रो हेरचाह गर्नु आवश्यक छ । नुहाउने वित्तिकै स्किनमा मोइस्चराइज गरिहाल्नुपर्छ, अनि स्किन ड्राइ हुने समस्या कम हुन्छ ।

डा.अमृता श्रेष्ठ,
छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ

काठमाडौँ । डा.अमृता श्रेष्ठ छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुन् । दश बर्षदेखि सरकारी मेडिकल अफिसरको रुपमा सक्रिय डा.श्रेष्ठ शूक्रराज ट्रपिकल अस्पतालमा कार्यरत छिन् । छाला रोग विशेषज्ञका रुपमा कान्ति बाल अस्पताल, कोशी अस्पताल विराटनगरमा समेत सेवा गरिसकेकी उनीसँग छाला सम्बन्धि समस्या, समाधान साथै जाडो याममा छाला सम्बन्धि समस्यालगायतका विषयमा नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।

जाडो महिनामा बढी मात्रामा स्कीन केयर गर्नु किन आवश्यक छ ?

स्कीन केयर दैनिक जीवनमा एकदमै महत्वपूर्ण काम हो । किनभने छाला हाम्रो शरीरको सबैभन्दा ठूलो पाटो हो । हामीभित्र कुनैपनि रोग छ भने त्यसको असर पनि शरीरमा देखिन्छ र छालामा पनि देखिनसक्छ । छालामा देखिने कतिपय कुराहरु भित्र न्यूट्रिस्नल डिफिसेन्सिले पनि गराउँछ । जस्तै आइरनको कमी भयोभने कपालहरु झर्ने, ओठको वरीपरि घाउ आउने गर्छ । त्यस्तै धेरै तनाव लिने गरेको छ भने पनि छालामा असर पर्छ । अन्य रोगका कारण पनि छालालाई नै असर गर्छ । दुवी जस्ता समस्याहरु छालामा देखिन्छ त्यही भएर छाला एकदमै महत्वपूर्ण हुन्छ । स्कीन केयर भन्ने बित्तिकै सुन्दरता भन्ने बुझ्ने चलन छ ।

स्कीन केयर के का लागि महत्वपूर्ण छ ?

स्कीन केयरलाई खाली सौन्दर्यसँग जोडेर मात्र हेर्न हुँदैन् । कुनै पनि विधामा राम्रो हुनको लागि पहिला छाला राम्रो देखिनुपर्छ, मान्छेको आत्मविश्वास नै छालाबाट हुन्छ । त्यसले मानिसले स्किीन केयरलाई मात्र डर्माटोलोजी मानिएको छ । तर यसको धेरै प्रकार र पाटोहरु छन् । बच्चाहरुको लागि पनि छुट्टै डर्माटोलोजी भन्ने छ, इन्फेक्सन जस्ता रोगहरुको आफ्नै पाटो छ । यस्तैगरी यौन संचारित रोक(एसटीआई) अर्थात यौनिक रोगहरुको पनि छालामा नै असरहरु देखिन्छ । यि सबै कुराहरुले हेर्दा स्कीन केयर एकदमै महत्वपूर्ण हुन्छ ।

यसमा सबैभन्दा महत्वपूर्ण भनेको मोस्जराइजर, सनस्क्रिन, भिटामिन ‘सी’ सेरम, अन्य सेरमहरु प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैगरी केमिकल पिलहरु हप्ता वा महिनामा प्रयोग गर्नुभयो भने अझै फाइदा हुन्छ । अनुहारलाई सूर्यको किरणबाट बचाउनुपर्छ । पूरै ज्यानलाई नै भन्न मिल्दँैन्, फेरि भिटामिन ‘डी’को कमी हुनसक्छ । तर अनुहारमा चायापोतो नआओस भन्नको लागि, डन्डिफोरको दागहरु नबसोस भन्नको लागि फेसलाई घामबाट बचाउनु आवश्यक हुन्छ ।

जाडो महिनामा नै धेरै किन स्कीनमा समस्याहरु देखिन्छ ?

जाडोमा चिसो धेरै हुने हुँदा छालामा मोइस्चरको कमी हुन्छ । मोइस्चरको कमी भइरहेको हुन्छ त्यसमा ड्राइ हावाले गर्दा तातो पानीले नुहाउने, हिटरमा बस्ने गर्छौ यसले छालाको लिपिड्सहरु कम गराउँछ । छालालाई सुरक्षित गर्ने तत्वहरुको कमी पनि गराउँछ । त्यसले गर्दा छालाहरु सुख्खा हुने र विभिन्न समस्याहरु निम्ताउँछ । त्यही भएर मोस्जराइजरहरु प्रयोग गरेर छालाको मोइस्चरलाई सन्तुलनमा राख्नु अझै महत्वपूर्ण हुन्छ ।

नुहाउने समयलाई घटाउने, तातो पानीले धेरै समय ननुहाउने, धेरै सुगन्ध भएको साबुन प्रयोग नगर्दा राम्रो हुन्छ । धेरै सुगन्ध भएको साबुनले पनि एलर्जी गराउँछ । साबुन प्रयोग गर्दा पनि ग्लिसिरिन भएको शुद्ध खालको साबुनले छालालाई मोइस्चर गराउन सक्छ । लाइफबोइ साबुन सबैले प्रयोग गर्नुहुन्छ तर त्यसमा मोइस्चरको मात्रा कम हुन्छ ।

जाडोमा कुन उमेर समूहको मानिसको स्कीनमा बढी असर हुन्छ ?

चिसोले बुढाबुढी र युवाहरुलाई बढी असर गर्छ । बच्चाहरुको छाला बन्ने क्रममा नै हुने भएकाले धेरै समस्या नदेखिएला । यस्तै गरेर बुढाबुढीहरुको जति उमेर बढ्दै गयो छाला चिल्लो बनाउने ग्रन्थीहरु कम हुदैँ जान्छ । त्यही भएर जति उमेर भयो त्यती ड्राइनेशहरु बढ्छ । चिसोमा केयर गर्नुपर्ने स्कीन भनेको दुई उमेर समूहको हो ।

पुरुष र महिलाहरुको स्कीनमा देखिने सममस्यामा के फरक हुन्छ ?

प्राय त दुबैमा उस्तै खाले नै समस्या देखिने गर्छ । कतिपय अवस्थामा मोइस्चराइजर कन्टेन्ट दुबैको स्कीनमा कमी हुन्छ । किनभने जाडोमा झन धेरै मात्रामा इन्टरनल हिटरहरुको प्रयोग गछौं । त्यसले गर्दा छाताहरु एकदमै खस्रो हुने हुन्छ । धेरै मात्रामा मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

खानेकुरामा चाहीं कसरी ध्यान दिने ?

जाडो महिनामा पनि पानी बढी मात्रामा पिउनुपर्छ । दिनमा तीनदेखि चार लिटर पानी चाँही पिउनैपर्ने हुन्छ । जाडोमा पिसाब धेरै लाग्छ भनेर मानिसहरु पानी नै कम पिउने गर्नुहुन्छ । त्यसो गर्नु हुँदैन् । ताजा फलफूल र तरकारीहरु पनि बढी खानुपर्छ । तनावचाँही कम लिनुपर्ने हुन्छ । र नियमित रुपमा व्यायम गर्नुपर्छ । स्किन केयर कै लागि पनि यो सबै गर्न आवश्यक छ ।

घरमा बसेर स्कीन केयर कसरी गर्न सकिन्छ ?

घरमै बसेर स्कीन केयर गर्दैगर्दा सबैभन्दा पहिला त राम्रो खालको फेसवास मात्र प्रयोग गर्नुपर्ने हुन्छ । फेसवासपछि अर्को महत्वपूर्ण कुरा भनेको मोइस्चराइजर नै हो । मुख धोएपछि अनुहारमा राम्रोसँग मोस्टाइज गर्नुपर्ने हुन्छ । र अर्को छुटाउन नहुने कुरा भनेको सनस्क्रिन हो । सनस्क्रिन चाँही दिनमा दुई–दुई घण्टाको अन्तरमा अनुहारमा र घाँटीमा लगाउनुपर्छ । बाहिर घाममा निस्कदा मात्र नभएर भित्रै बस्दा पनि आफ्नो स्कीनको अवस्था हेरेर एसपीएफ ३० देखि ५० सम्मको सनस्क्रिन लगाउनुपर्छ । धेरै चाया पोतो आउने स्कीन छ भने ५० एसपीएफको चाहिन्छ । नभए अरु स्कीनमा ३० कोले नै पुग्छ । सबैभन्दा महत्वपूर्ण कुरा पानी धेरै पिउने,जङ्क फुड नखाने र स्वस्थ्य जीवनशैली बिताउनु नै हो ।

स्कीनलाई हेरचाह गर्ने नाममा बजारमा पाइने जुनपायो त्यही प्रोडक्टहरुको पनि प्रयोग गरिएको पाइन्छ । यसबाट जोगिन के गर्ने ?
स्कीनको केयर गर्ने नाममा झनै आफ्नो स्कीनलाई बिगार्ने काम त गर्नु हुँदै हुँदैन् । यस सम्बन्धि केही ज्ञान नै छैन् भने एक पटक आएर डाक्टरसँग भेट्न उपयुक्त हुन्छ । तर अहिलेको जमानामा प्राय सबैको हातमा मोबाइल फोन छ । सञ्चार माध्यम, फेसबुक, टिकटकतिर छाला सम्बन्धी जानकारीहरु राखिएको हुन्छ । त्यसरी पनि थाहा पाउन सकिन्छ । जथाभावी रुपमा औषधिहरु प्रयोग गरेर स्किनलाई बिर्गान भन्दा डर्माटोलोजिष्टको सुझावलाई आत्मसाथ गर्नु नै उचित हुन्छ । हजुर आफैंमा एक डर्माटोलोजिष्ट हुनुहुुन्छ ।

हजुरले चाँही आफ्नो स्किनलाई कसरी हेरचाह गरिराख्नु भएको छ ?

विहान उठेर मुख धुन्छु । मुख धुन क्लिनजर या त फेसवास प्रयोग गर्छु । मैले प्रयोग गर्ने फेसवास र क्लिनजर चाँही सिजन अनुसार परिवर्तन गर्ने गर्छु । क्लिनजर भन्दापनि जाडो महिनामा बढी क्लिनजर नै प्रयोग गर्ने गर्दछु । गर्मी महिनामा फेसवास प्रयोग गर्छु । मासिक केमिकल पिलहरु गरिरहेको हुन्छु । साधारणतया मोइस्चराइजर, सनस्क्रिन त प्रयोग गर्ने नै भइहालें तर समय मिलेसम्म सनस्क्रिन चाँही प्रत्येक दुई घण्टामा लगाउने गर्छु । बच्चाहरुलाई पनि सनस्क्रिन लगाइदिने गरेको देखिन्छ ।

बच्चाहरुले सनस्क्रिन प्रयोग गर्नु कत्तिको उचित छ ?

कतिपयले नबुझेर बच्चाहरुलाई पनि ठूला मान्छेले प्रयोग गर्ने सनस्क्रिन प्रयोग गराएको देखिन्छ । तर त्यसो गर्नु हुँदैन् । दुई वर्ष भन्दा मूनीका बच्चाहरुले त सनस्क्रिन प्रयोग गर्नैं हुँदैन् । दुई वर्ष पछिको बच्चाको लागि किड्स सनस्क्रिन भनेर छुट्टै पाइन्छ । नत्र जे पायो त्यही प्रयोग गरियो भने बच्चाहरुको छालामा दिर्घकालिन असर देखिन्छ ।

विशेषगरी जाडोमा स्किन केयर एकदमै आवश्यक छ । जुनसुकै उमेरका व्यक्तिहरुले छालाको राम्रो हेरचाह गर्नु आवश्यक छ । नुहाउने वित्तिकै स्किनमा मोइस्चराइज गरिहाल्नुपर्छ अनि स्किन ड्राइ हुने समस्या कम हुन्छ । हाइपोथाइरोटिज्मदेखि विभिन्न रोगहरुसँग सम्बन्धित स्किनमा ड्राइनेस आउँछ । त्यसैले लामो समयदेखि स्किनमा ड्राइनेस छ भने मोइस्चराइजर लाएर मात्र बस्न हुन्न । डाक्टरसँग भेटेर टेस्टहरु पनि गर्नुपर्छ, परामर्श लिनुपर्छ ।

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...