CG Electronics
IME Life
NIMB

एओजी एक्स कल्टद्वारा तेस्रो ओभर नाइट राइड आयोजित सीएसआर पहलका साथै रोमाञ्चक अनुभव सहित सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं ।  एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सफलतापूर्वक सम्पन्न भएको छ । यात्राको आयोजना २०८१ पौष ५ र ६ गते (२० र २१ डिसेम्बर २०२४) गरिएको थियो । राइड अन्तर्गत सहभागीहरुले काठमाडौंदेखि भोटेकोशी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको द लास्ट रिसोर्ट सम्म २५० किलोमिटरको राउण्ड ट्रिप यात्रा गरेका थिए । यो कार्यक्रममा उत्साही बाइकर्स तथा रोमाञ्चक यात्रा मनपराउनेहरुको उल्लेखनिय सहभागिता रहेको जानकारी दिइएको छ । कार्यक्रम मार्फत आयोजकले सहभागीहरुलाई रोमाञ्चक यात्राको अनुभवका साथै, सामाजिक उत्तरदायित्वको संयोजन गर्ने साझा उद्देश्य बोकेका थिए ।

“राइड फर चेन्ज” पहलअन्तर्गत, समूहले भिमसेन माध्यमिक विद्यालयको भ्रमण गरेका थिए । भिमसेन मा. वि. एक दुर्गम विद्यालय हो । यहाँ १ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् । ती मध्ये आर्थिक रूपमा कमजोर परिवारका ३२ जना विद्यार्थीहरू छात्रावासमा बास गर्छन् । यात्रामा सहभागीहरूले विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने आवश्यक सामग्रीहरु वितरण गरेको आयोजकले बताएको छ । यो उदार कार्यले एओजी एक्स कल्टको नेपाली समुदायमा सकारात्मक परिवर्तन ल्याउने अटल प्रतिबद्धतालाई उजागर गरेको छ ।

यात्राको एक प्रमुख रोमाञ्चक आकर्षण, द लास्ट रिसोर्टमा समेटिएको आयोजकले जानकारी दिएको छ । त्यहाँ सहभागीहरूले बञ्जी जम्पिङ गर्ने रोमाञ्चक अवसर पाएका थिए । बञ्जी अनुभव संगाल्ने अधिकांशले पहिलोपटक यो रोमाञ्चक अनुभवमा लिएका थिए । रोमाञ्चक साहसिक गतिविधि र सीएसआर योगदानहरूको मिश्रणले यो यात्रा अविस्मरणीय र प्रभावकारी बनाएको कम्पनीले बतायो ।

 

एओजी एक्स कल्टले उद्देश्यपूर्ण यात्राको नयाँ परिभाषा स्थापित गर्न सघाएको आयोजकको भनाइ छ । यसले बाइकर्सलाई नेपालको प्राकृतिक सौन्दर्य अन्वेषण गर्न प्रेरित गर्नुका साथै आवश्यकतामा रहेका नेपाली जनतालाई सहयोग गर्ने उद्देश्य राखेको छ । यस्ता पहलहरूको माध्यमबाट, समूहले जोश, उत्साह र सामाजिक उत्तरदायित्वबाट प्रेरित एकजुट समुदाय निर्माण गर्ने लक्ष्य बताए ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...