Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

ज्योति विकास बैंक “डिजिटल कारोबारमा उत्कृष्ट” अवार्डबाट सम्मानित

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं। ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले “डिजिटल कारोबारमा उत्कृष्ट”अवार्डबाट सम्मानित गरेको छ ।

एनसीएचएल को १६औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंकहरूमध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन् ।

ज्योति विकास बैंकले प्रविधिमैत्री सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको छ।

बैंकले अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ। यस बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्वाइस अडियो बक्स क्युआर सेवा सुचारु गरी मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ। यसैगरी, डिजिटल बैंकिङ्ग र नगदरहित कारोबार प्रवर्द्धन गर्दै क्रस(बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ।

मोबाइल बैंकिङ्ग एप मार्फत मुद्दती खाता खोल्न सकिने सुविधा, ज्योति स्मार्ट एपमार्फत एटीएमबाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथड्र सेवा, चेक बिना नै काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान र विथड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडिओ केवाईसी सुविधा लगायत थुप्रै आधुनिक बैंकिङ्ग सेवाहरू बैंकले उपलब्ध गराएको छ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा सम्मानित

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने...

वि.सं.२०८२ मंसिर १ सोमवार २३:०३

काठमाडौं । थर्ड आई इन्टरनेशनलले आर्थिक वर्ष २०७९/८० का लागि...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...