CG Electronics
Ncell NPL
NIMB

ज्योति विकास बैंक “डिजिटल कारोबारमा उत्कृष्ट” अवार्डबाट सम्मानित

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले “डिजिटल कारोबारमा उत्कृष्ट”अवार्डबाट सम्मानित गरेको छ ।

एनसीएचएल को १६औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंकहरूमध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन् ।

ज्योति विकास बैंकले प्रविधिमैत्री सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको छ।

बैंकले अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ। यस बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्वाइस अडियो बक्स क्युआर सेवा सुचारु गरी मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ। यसैगरी, डिजिटल बैंकिङ्ग र नगदरहित कारोबार प्रवर्द्धन गर्दै क्रस(बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ।

मोबाइल बैंकिङ्ग एप मार्फत मुद्दती खाता खोल्न सकिने सुविधा, ज्योति स्मार्ट एपमार्फत एटीएमबाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथड्र सेवा, चेक बिना नै काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान र विथड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडिओ केवाईसी सुविधा लगायत थुप्रै आधुनिक बैंकिङ्ग सेवाहरू बैंकले उपलब्ध गराएको छ।

 

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

परम्परागत मिठाईलाई लक्जरी गिफ्टमा रुपान्तरण गर्दै माक्कुसे, ‘मदर्स डे’का लागि बिषेश प्याकेजिङ

परम्परागत मिठाईलाई लक्जरी गिफ्टमा रुपान्तरण गर्दै माक्कुसे,...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:४७

  काठमाडौं । मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन...