Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बैंकिङ सेवा अवरुद्ध गर्ने कार्यप्रति बैंकर्स संघको आपत्ति

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकिङ सेवा अवरुद्ध गर्ने कार्यप्रति आफ्नो गम्भीर आपत्ति जनाउँदै एक विज्ञप्ति जारी गरेको छ। संघले हालै कृषि विकास बैंकको लहान शाखा लगायत केही बैंक शाखाहरुमा कर्मचारीहरूप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार फैलाइएको, बैंकमा तालाबन्दी गरिएको, ढुंगा मुढा हान्ने, होहल्ला गर्ने जस्ता गतिविधिहरूले बैंकिङ सेवा अवरुद्ध बनाएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा संघले बैंक तथा वित्तीय संस्थाहरू नियामक निकायद्वारा जारी गरिएको नीति तथा ऐनको अधीनमा रही कार्यरत रहेको र यस्ता संस्थाहरूले ऋण असुली तथा लिलाम प्रक्रियामा चित्त नबुझेको खण्डमा कानूनी प्रक्रियामा जान सकिने बताएको छ। तर बैंकिङ सेवा अवरुद्ध गर्ने, कर्मचारीलाई डरत्रास दिने, र ग्राहकहरूलाई सेवा प्रयोगबाट वञ्चित गराउने गतिविधि उचित नभएको स्पष्ट गरेको छ।

संघले ऋणीको पहिलो दायित्व ऋणको साँवा र किस्ता नियमित तिर्नु रहेको बताउँदै, यस्ता गतिविधिले आर्थिक प्रणालीमा नकारात्मक असर गर्ने भन्दै यस्ता अराजक कार्यप्रति सजग रहन सबै पक्षलाई आग्रह गरेको छ। साथै, सामाजिक सञ्जालमा फैलाइएको भ्रामक टिप्पणी तथा समाचारमा ध्यान नदिनु र आधिकारिक स्रोतहरूबाट प्राप्त सूचनालाई मात्र मान्यता दिन अनुरोध गरेको छ।

संघले समाजलाई अस्थिर बनाउने, त्रास फैलाउने र आपत्तिजनक गतिविधि गर्ने व्यक्तिहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारी निकायहरूलाई आग्रह गरेको छ। बैंकिङ सेवा जस्तो संवेदनशील क्षेत्रमा शान्ति र सुव्यवस्था कायम गर्न संघले सबै सरोकारवालाहरूको सहयोग अपेक्षा गरेको छ।

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ असार ७ शनिवार २२:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई...

वि.सं.२०८२ असार ७ शनिवार २२:२५

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले...

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड...

वि.सं.२०८२ असार ७ शनिवार २१:५३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र फिटनेस सेवामा छुट

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र...

वि.सं.२०८२ असार ७ शनिवार २१:४५

  काठमाडौं । सानिमा बैंकका ग्राहक र कर्मचारीका लागि गोरखामा...