CG Electronics
IME Life
NIMB

बैंकिङ सेवा अवरुद्ध गर्ने कार्यप्रति बैंकर्स संघको आपत्ति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकिङ सेवा अवरुद्ध गर्ने कार्यप्रति आफ्नो गम्भीर आपत्ति जनाउँदै एक विज्ञप्ति जारी गरेको छ। संघले हालै कृषि विकास बैंकको लहान शाखा लगायत केही बैंक शाखाहरुमा कर्मचारीहरूप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार फैलाइएको, बैंकमा तालाबन्दी गरिएको, ढुंगा मुढा हान्ने, होहल्ला गर्ने जस्ता गतिविधिहरूले बैंकिङ सेवा अवरुद्ध बनाएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा संघले बैंक तथा वित्तीय संस्थाहरू नियामक निकायद्वारा जारी गरिएको नीति तथा ऐनको अधीनमा रही कार्यरत रहेको र यस्ता संस्थाहरूले ऋण असुली तथा लिलाम प्रक्रियामा चित्त नबुझेको खण्डमा कानूनी प्रक्रियामा जान सकिने बताएको छ। तर बैंकिङ सेवा अवरुद्ध गर्ने, कर्मचारीलाई डरत्रास दिने, र ग्राहकहरूलाई सेवा प्रयोगबाट वञ्चित गराउने गतिविधि उचित नभएको स्पष्ट गरेको छ।

संघले ऋणीको पहिलो दायित्व ऋणको साँवा र किस्ता नियमित तिर्नु रहेको बताउँदै, यस्ता गतिविधिले आर्थिक प्रणालीमा नकारात्मक असर गर्ने भन्दै यस्ता अराजक कार्यप्रति सजग रहन सबै पक्षलाई आग्रह गरेको छ। साथै, सामाजिक सञ्जालमा फैलाइएको भ्रामक टिप्पणी तथा समाचारमा ध्यान नदिनु र आधिकारिक स्रोतहरूबाट प्राप्त सूचनालाई मात्र मान्यता दिन अनुरोध गरेको छ।

संघले समाजलाई अस्थिर बनाउने, त्रास फैलाउने र आपत्तिजनक गतिविधि गर्ने व्यक्तिहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारी निकायहरूलाई आग्रह गरेको छ। बैंकिङ सेवा जस्तो संवेदनशील क्षेत्रमा शान्ति र सुव्यवस्था कायम गर्न संघले सबै सरोकारवालाहरूको सहयोग अपेक्षा गरेको छ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...