CG Electronics
IME Life
NIMB

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G, नेपाली बजारमा सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड 2 ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ। यसको मुख्य विशेषता दुईवटा स्क्रिन हुन्, जसले उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउँछ। खोलिएको अवस्थामा 7.85 इन्चको 2K+ AMOLED स्क्रिनले इमर्सिभ भिजुअल अनुभव दिन्छ भने फोल्ड भएपछि 6.42 इन्चको पातलो स्क्रिनले खल्तीमा सहजै फिट हुने सुविधा दिने कम्पनीकाे दाबी छ ।

Mediatek Dimensity 9000+ 5G चिपसेटद्वारा संचालित यो फोनले तीव्र गतिको प्रदर्शन सुनिश्चित गर्छ। यसमा रहेको 50MP मुख्य क्यामेरा, अल्ट्रा-वाइड र टेलीफोटो लेन्सको संयोजनले प्रत्येक क्षणलाई आश्चर्यजनक विवरणसहित कैद गर्न सक्षम बनाउँछ। साथै, 400,000 पटक फोल्ड गर्न सकिने टिकाउपनले फोनलाई लामो समयसम्म प्रयोग गर्न उपयुक्त बनाएको छ।

5750mAh क्षमताको ब्याट्री र 70W फास्ट चार्जिङले यो फोनलाई व्यस्त जीवनशैलीका लागि उपयुक्त बनाएको छ। 15W वायरलेस चार्जिङ सपोर्टले अझ बढी सुविधा थपेको कम्पनीले जनाएकाे छ ।

टेक्नोले यो फोल्डेबल फोनलाई नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बजारमा उतारेको छ। किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुनेछ। नेपाली प्रविधि बजारमा फोल्डेबल फोनको सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने आशा गरिएको छ।

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४८

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि...

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४०

  चितवन, सौराहा । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी...

कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ’घरमा कजारिया…’ अभियान सार्वजनिक

कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ’घरमा...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:३७

  काठमाडौं, नेपाल – २०८३ जेठ १० – प्रिमियम होम...

हिमालय एयरलाइन्सद्वारा ऐतिहासिक काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा ऐतिहासिक काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सुरु

वि.सं.२०८३ जेठ १८ सोमवार २२:३०

  नेपालको प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्स (IATA: H9)...

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’ बीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाटै सबै बैंकिङ सुविधा

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:०७

  सिटिजन्स बैंकका कर्पोरेट ग्राहकहरूले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट...

इनड्राइभरको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न

इनड्राइभरको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न

वि.सं.२०८३ जेठ १८ सोमवार २२:०३

  विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभरले काठमाडौंका विभिन्न प्रमुख...