CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’ बीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाटै सबै बैंकिङ सुविधा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकहरूले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, भविष्यमा फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक-फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। यसका लागि एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’ र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच व्यावसायिक सहकार्य भएको छ। यस सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘यार्पिड’ एकीकृत गरिएको छ। यार्पिड एक एपीआई आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज अ सर्भिस (BaaS) मोडेलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवाप्रदायकहरूलाई जोड्ने काम गर्दछ।

अब बैंकका ग्राहकहरूले आफ्नै सफ्टवेयर वा ईआरपी (ERP) प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ सेवाहरू सञ्चालन गर्न सक्नेछन्। प्रयोगकर्ताले ‘Connect with API Banking’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्। यस सहकार्यले सिटिजन्स बैंकका कर्पोरेट ग्राहकहरूको सेवा प्रवाहमा ठूलो रूपान्तरण ल्याउनुका साथै वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र सञ्चालनसम्बन्धी झन्झट उल्लेखनीय रूपमा घटाउने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले यो सेवा प्रयोग गर्न बैंकमा एक पटक मात्र मोबाइल बैंकिङमा जस्तै फारम भर्नुपर्नेछ। त्यसपछि अधिकांश सेवाहरू अनलाइनमार्फत नै सञ्चालन गर्न सकिने बैंकले जनाएको छ। यार्पिडले ग्राहकको अनुमति (Consent) प्रक्रियालाई समेत डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता ल्याउने विश्वास गरिएको छ।

यार्पिडमा एन्ड-टु-एन्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेसन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएकाले सबै प्रकारका डिजिटल ट्रान्जेक्सनहरू सुरक्षित हुने विश्वास समेत बैंकले लिएको छ। एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायहरूलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य बैंकको छ।

यस सेवाको प्रयोगका लागि ग्राहकले निम्न पोर्टल लिंकमार्फत साइन अप र लगइन गर्नुपर्नेछ: https://signup-portal.ctznbank.com/login

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...