CG Electronics
IME Life
NIMB

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

NIMB
Himalayan Bank

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम एप्लाइन्सेजले दक्षिण एशियामा आफ्नो व्यवसाय विस्तारको एउटा महत्वपूर्ण कोशेढुङ्गा पार गर्दै नेपालमा पहिलो ‘बोस ब्राण्ड स्टोर’ सञ्चालनमा ल्याएको छ । प्रतिष्ठित व्यावसायिक घराना ‘लक्ष्मी ग्रुप’ सँगको सहकार्यमा ललितपुरको जावलाखेलमा उक्त स्टोरको औपचारिक उद्घाटन गरिएको हो ।

जावलाखेलस्थित यो नयाँ शोरुमले नेपाली उपभोक्ताहरूलाई रेफ्रिजेरेसन, लन्ड्री, डिशवाशिङ, फुड प्रिपरेसन र बिल्ट–इन किचन समाधानसहितको बोसको प्रिमियम पोर्टफोलियो प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ। यसले नेपाली बजारमा बोसको प्रख्यात जर्मन इन्जिनियरिङ र अत्याधुनिक प्रविधिलाई थप नजिक ल्याएको छ।

नेपालको बढ्दो बजारमा बोसको रणनीतिक चासो
नेपालमा बढ्दो शहरीकरण, मध्यम तथा उच्च वर्गको आयमा भएको वृद्धि र जीवनशैलीमा आएको परिवर्तनले गर्दा प्रिमियम र प्रविधिमैत्री उपकरणको माग तीव्र रूपमा बढेको छ। बोसले यसै अवसरलाई मध्यनजर गर्दै आफ्ना विश्वस्तरीय नवप्रवर्तनहरू नेपाली घरपरिवारमाझ पुर्‍याउने लक्ष्य लिएको बताइएको छ।

बीएसएच होम एप्लाइन्सेज इण्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सैफ खानले नेपालको बजारप्रति आफूहरू निकै उत्साहित रहेको बताए । उनले भने, ‘नेपालमा बढ्दो आकांक्षा र गुणस्तरप्रतिको सचेतनाले प्रिमियम अप्लायन्सका लागि नयाँ ढोका खोलेको छ । ‘इन्भेन्टेड अफ लाइफ’ हाम्रो नारा मात्र नभएर उत्पादन विकासको मन्त्र हो । हामी आधुनिक जीवनशैलीलाई सहज र सरल बनाउने दीर्घकालीन समाधानमा विश्वास गर्छौं ।’

लन्ड्री र डिशवासर बजारमा बोसको ध्यान
बोसले नेपालको लन्ड्री बजारमा ७०–८० प्रतिशत हिस्सा ओगटेको ‘फ्रन्ट–लोड’ वाशिङ मेसिनको क्षेत्रमा आफ्नो विश्वव्यापी नेतृत्वलाई थप विस्तार गर्ने योजना बनाएको छ । ७० वर्षभन्दा बढीको अनुभव रहेको बोसका वाशिङ मेसिनहरू टिकाउपन र कपडाको संरक्षणका लागि परिचित छन् ।

त्यसैगरी, डिशवासरको बढ्दो प्रयोगप्रति पनि बोसले विशेष ध्यान दिएको छ । बदलिँदो पारिवारिक संरचना र स्वच्छताप्रतिको सचेतनाका कारण नेपाली बजारमा डिशवासरको माग बढिरहेको छ । बोसका डिशवासरहरूले समय, पानी र ऊर्जाको बचत गर्दै आधुनिक र दिगो जीवनशैलीलाई प्रवर्द्धन गर्ने कम्पनीले जनाएको छ ।

सन् १९७३ मा पोखरामा स्थापना भएको लक्ष्मी ग्रुपले खाद्य, प्याकेजिङ, आतिथ्य, पूर्वाधार, अटोमोटिभ र इलेक्ट्रोनिक्सलगायत विविध क्षेत्रमा संलग्न नेपालको प्रतिष्ठित तथा विविध व्यावसायिक घरानामध्ये एकका रूपमा विकसित भएको छ । काठमाडौँमा मुख्यालय रहेको समूहले विश्वप्रसिद्ध ब्रान्डहरू र विश्वसनीय स्थानीय व्यवसायहरूको संयोजनमार्फत नेपाली उपभोक्तालाई सेवा प्रदान गर्दै आएको छ । लक्ष्मी इलेक्ट्रोटेकमार्फत समूहले नेपालमा वोसलगायत अन्य अग्रणी होम अप्लायन्स ब्रान्डहरूको प्रतिनिधित्व गर्दै विश्वस्तरीय प्रविधि र नवप्रवर्तनमा टेवा पुर्याइरहेको छ ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...