Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

टिकटकमा प्रतिबन्ध लगाउनेहरु आज बोल्न पाउने अधिकार खोज्दैछन् : प्रधानमन्त्री

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालको मस्यौदा तयार गर्दा सँगै भएको पार्टी अहिले त्यसको विरोध गरिरहेको बताएका छन् ।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण गर्दै उनले माओवादीलगायतका संसदमा भएका पार्टीले हिजो आफूसँगै बसेर मस्यौदा गरेका कानूनको अहिले विरोध गरेको बताए ।


उनले भने, ‘कानून कसरी छिटो बनाउने, उपयुक्त कानून कसरी बनाउने भन्ने सन्दर्भमा काम गरिरहेका छौ । केही मान्छेले आफैले हिजो मस्यौदा गरेका कानूनलाई अहिले सामाजिक सञ्जालको विषयमा विरोध गरिरहेका छन् । हिजो हल्ला गर्ने, चर्का कुरा गर्ने, विरोध गरेर उफ्रिने पार्टीहरुले हामीसँगै बसेर मस्यौदा बनाएका हुन् ।’

यसको साथै, उनले आफू बोल्न नपाएको समाज विरुद्ध लडेर आएको भन्दै वर्तमान सरकारले बनाउने कुनै कानूनले कसैको अधिकार नमिचिने बताए ।

उनले भने, ‘वाक स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता, प्रकाशन स्वतन्त्रतामा कुनै प्रकारको बन्देज लगाइने छैन् । बोल्न नपाएको समाजबाट आएका हौं । त्यो समाजको विरुद्ध लडेर आएका हौं । त्यसकारण कसैका अधिकार मिच्न पाइदैँन्, मिचिदैँन् । कुनै कानूनले कसैको अधिकार मिचिदैँन् ।’


आज अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने पार्टीले विगतमा टिकटकमा प्रतिबन्ध लगाएको भन्दै जे पनि बोल्न मिल्ने भए किन लगाएको प्रतिबन्ध भन्दै प्रश्न पनि गरेका छन् ।
उनले भने, ‘हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् ।

अहिले बहुत हिमायती निस्किएका छन् । फेरि बोल्न पाउन पर्छ, जे पनि बोल्न पाउनु पर्छ भनेर उफ्रिएका छन् । टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिबेला ? जे पनि बोल्न पाउनु पर्छ भन्ने कुरा ठिक होइन् । ठिक कुरा बोल्नु पर्छ । देशको विरुद्ध, शान्ति सुरक्षा खल्बल्याउन खोज्ने चिन्दै नचिनेको जान्दै नजानेको ठाँउमा गएर सामाजिक सद्भाव बिगार्ने गरि जथाभावी बोल्ने प्रवृत्ति बढेको छ ।’

उनले सुशासनबाट मात्रै समृद्धितिर देशलाई लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटो छरितो रुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको बताए ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...