Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एभरेष्ट बैंकद्वारा पाँचथर र ताप्लेजुङमा नयाँ शाखा उद्घाटन, आधुनिक सेवा विस्तारमा

Machhapuchchhre Bank Limited

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहनुभएका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ मिति २०८१ साल फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्धघाटन गरेको छ । फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ। एभरेष्ट बैंकका शाखाहरुको उद्घघाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरको अत्याधुनिक बैंकीङ्ग सेवाहरू प्राप्त गर्ने भएका छन्।

फिदिम र फुङ्लिङ्ग शाखाको उद्धघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक श्री किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख श्री सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख श्री मित्र प्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्ग नगरपालिकाका प्रमुख श्री अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थितीका बीच औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।

फिदिम र फुङ्लिङ्गमा आफ्नो १३०औँ र १३१औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेको र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ ATM छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र ATM बैंककिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २२:२८

  काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:५०

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत...

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३७

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष...

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३२

  काठमाडौं, १ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र...

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:२७

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:१०

  काठमाडौं । प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल...