Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

संघीय सरकार मातहतको गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

सुर्खेत । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट भएको क्षति पुनर्निर्माण र पुनस्र्थापना गर्ने कार्य भईरहेको बताएका छन् । आईतबार प्रादेशिक आपतकालिन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले कर्णालिको प्राकृतिक विपत्तीमा हुने जोखिम कम गर्न र प्राकृतिक प्रकोप पछिको पुनर्निर्माण, पुर्नस्थापना र राहतका लागि सरकार गम्भीर रहेको बताएका हुन् ।

यसअघि संघीय सरकार मातहत रहेको आपतकालिन गोदामघर कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले व्यवस्थापन सहित सञ्चालन गर्ने छ । विपद्जन्य घटनाहरु भएमा तत्काल उद्दार तथा राहत सामग्री राख्ने गोदामघर संघीय सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरेका छन् ।

गोदाम घर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले पश्चिम नेपाल जोखिमको भूगोलमा रहेकोले भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहरजस्ता जोखिममा परेकाहरुको आपतकालिन उद्वार र राहतका लागि प्रभावकारी हुने बताए ।
आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गर्नु संघीयता कार्यान्वयनको बिषय भएको पनि गृहमन्त्री लेखकले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्न सात बर्ष लागेको भन्दै भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको बताए ।

विपद् जोखिममा रहेको कर्णाली प्रदेशले विभिन्न किसिमका सुरक्षा कार्यक्रम अपनाए पनि विविध जटिलताहरूसँग समान गर्नुपरेको बताए । जग्गा व्यवस्थापनको अधिकार प्रदेशले नपाउँदा प्रदेशले आवश्यक संरचना बनाउन नसकिरहेको जानकारी उनले बताए ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...