Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

गणतन्त्र आईसकेपछि पनि हाम्रो देश राजतन्त्रको ऐन कानूनमा बाचिरहेको छ : मन्त्री गुरुङ

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आईसकेपछि पनि राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित दूरसञ्चार उद्योगलाई पुनजीवित गर्दै राजस्व, प्रविधि र दिगोपना कार्यक्रममा उनले देश विकास गर्ने हो भने काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानून बदल्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो पुलिस, सेना, एपिएफ, अदालत, संसद, मन्त्रालयहरु लगायत विभिन्न संस्थाहरु सबै छ तर यसको नीतिको हिसाबले भन्ने हो भने गणतन्त्र आईसक्यो राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश हो । त्यसकारण हामीले के गर्नुपर्यो भने हाम्रो काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानून बदल्नुपर्छ । हाम्रो विकास गर्ने हो भने त्यो काम गर्नुपर्छ ।’

यसको साथै, उनले आजको प्रविधिको हिसाबमा अगाडि बढ्नु पर्ने भन्दै त्यसको लागि ऐन, नीति सबैको समिक्षा गरेर अगाडि बढ्नु पर्ने बताए ।
उनले भने, ‘हाम्रो क्षेत्रको नाफा घट्दै गईरहेको छ । हामी समयानुकुल चल्नु पर्छ । आजको प्रविधिमा जुन हिसाबको विकास भएको छ त्यो हिसाबले चल्नु पर्छ । त्यसकारण ऐन, नीति सबैको समिक्षा हुन्छ र त्यसपछि नियम, विनियममा पनि समिक्षा हुन्छ । र जुन जनशक्ति चलिरहेको थियो त्यसले अब काम हुदैँन् ।’

दूर सञ्चार ऐनलाई ड्राफ्ट गरेर संशोधनको लागि अन्तिम चरणमा पुगेको भन्दै अब केही समयमा सदनमा पेश हुने पनि उनले जानकारी दिएका छन् ।

उनले भने, ‘हाम्रो नीतिमा पुनविचार गर्नुपर्ने छ, त्यो पनि गर्दै छौ । हाम्रो कानून जुन छ दूर सञ्चार ऐन त्यसलाई ड्राफ्ट गर्दै छौ । संशोधनको लागि अन्तिम चरणमा पुगेको छ । तपाईहरुसँग छलफलमा बसेर यसलाई संसदमा पेश गर्नुपर्छ । अस्वभाविक, अव्यवहारिक देखिएको कुराहरुलाई सुधार गर्नुपर्ने छ । त्यसैको आधारमा हाम्रो नीति र नियमावलीहरु बनाउनु पर्ने छ ।’

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...