Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय पानी सम्मेलनमा बोल्दै उनले सिँचाई ,खानेपानी,उर्जा र जलश्रोतलाई राम्रो ढंगले अध्ययन गरी कार्यान्वयन गर्नमा मन्त्रालय पछाडि परेको गुनासो छलफलमा सबैबाट आएको बताएका हुन् ।

उनले भने,‘हाम्रो छिटो छरितो काम गर्न नीति ऐन कानुन चाहियो त्यसैले हामीले जलश्रोत सम्बन्धि ऐन चाँडै पास हुने कुरा गर्यौं । सिँचाई होस्, खानेपानी होस् , उर्जा होस् या जलश्रोत राम्रो ढंगले अध्ययन गरेर कार्यान्वयन गनुर्पछ ।

हामी कार्यान्वयनमा पछाडि छौं भन्ने सबैको कुरा आएको छ । हामीले ध्यान दिनुपर्ने विषय कार्यान्वयनको तहलाई छिटो छरितो समयअनुकुल छिटो छरितो गर्ने कुरामा दुई मत छैन । मलाई कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन ध्यान दिने र न्यायोचित वितरण गर्ने काम मन्त्रालयको हो ।’

त्यस्तै उनले सबै राजनीतिक दलका नेताहरु र विज्ञहरु जलश्रोतको विकास र उपयोग चाँडोभन्दा चाँडो गरेर यसबाट निम्तने जोखिलाई न्यूनिकरण गर्दै जाउँ भन्ने कुरामा सहमत र एकमत भएको पनि जानकारी गराए ।

उनले भने,‘हामी सबैजना के कुरामा सहमत भयौं भन्ने कुरा र राजनीतिक दलका नेताहरु र विज्ञहरुको के कुरामा एकमत छ भने जलश्रोतको विकास र उपयोग चाँडोभन्दा चाँडो गरौं र यसबाट निम्तने जोखिलाई न्यूनिकरण गर्दै जाउँ भन्ने कुरामा सहमत र एकमत भएको विश्वास लिएको छु ।’

उनले विपद् जलले मात्र नल्याउने भन्दै सबैखाले जोखिममा हातेमालो गर्नको लागि सबैमा अपिल समेत गरे ।

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर...

वि.सं.२०८२ असार २२ आइतवार २१:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२७

  हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३...