CG Electronics
IME Life
Ncell NPL

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय पानी सम्मेलनमा बोल्दै उनले सिँचाई ,खानेपानी,उर्जा र जलश्रोतलाई राम्रो ढंगले अध्ययन गरी कार्यान्वयन गर्नमा मन्त्रालय पछाडि परेको गुनासो छलफलमा सबैबाट आएको बताएका हुन् ।

उनले भने,‘हाम्रो छिटो छरितो काम गर्न नीति ऐन कानुन चाहियो त्यसैले हामीले जलश्रोत सम्बन्धि ऐन चाँडै पास हुने कुरा गर्यौं । सिँचाई होस्, खानेपानी होस् , उर्जा होस् या जलश्रोत राम्रो ढंगले अध्ययन गरेर कार्यान्वयन गनुर्पछ ।

हामी कार्यान्वयनमा पछाडि छौं भन्ने सबैको कुरा आएको छ । हामीले ध्यान दिनुपर्ने विषय कार्यान्वयनको तहलाई छिटो छरितो समयअनुकुल छिटो छरितो गर्ने कुरामा दुई मत छैन । मलाई कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन ध्यान दिने र न्यायोचित वितरण गर्ने काम मन्त्रालयको हो ।’

त्यस्तै उनले सबै राजनीतिक दलका नेताहरु र विज्ञहरु जलश्रोतको विकास र उपयोग चाँडोभन्दा चाँडो गरेर यसबाट निम्तने जोखिलाई न्यूनिकरण गर्दै जाउँ भन्ने कुरामा सहमत र एकमत भएको पनि जानकारी गराए ।

उनले भने,‘हामी सबैजना के कुरामा सहमत भयौं भन्ने कुरा र राजनीतिक दलका नेताहरु र विज्ञहरुको के कुरामा एकमत छ भने जलश्रोतको विकास र उपयोग चाँडोभन्दा चाँडो गरौं र यसबाट निम्तने जोखिलाई न्यूनिकरण गर्दै जाउँ भन्ने कुरामा सहमत र एकमत भएको विश्वास लिएको छु ।’

उनले विपद् जलले मात्र नल्याउने भन्दै सबैखाले जोखिममा हातेमालो गर्नको लागि सबैमा अपिल समेत गरे ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...