Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

दराजद्वारा ‘फ्युचर लिडर्स प्रोग्राम २०२५’ को आवेदन खुला, दक्षिण एशियाका युवा प्रतिभालाई लक्षित

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम ९डीएफएलपी० २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो गु्रप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो । यसको प्रमुख उद्देश्य भन्नु नै, भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानिय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु हो ।

१५ महिने घुम्ती कार्यक्रमका रुपमा चल्ने यो प्रोग्राम, सन् २०२५ को जुलाईदेखि सुरु हुने जानकारी दिइएको छ । कार्यक्रम अन्तर्गत सहभागीले कम्पनीका मुख्य विभागहरूमा संरचित तरिकाले घुम्ती प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् । वरिष्ठ नेतृत्वको मार्गदर्शनमा उहाँहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

डीएफएलपी २०२५ हालै, १ वर्षभित्र स्नातक गरेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही र प्रेरित युवाहरूका लागि खुला गरिएको छ । उपयुक्त उम्मेदवारमा टीमवर्क, नेतृत्व क्षमताको सम्भावना, प्रभावकारी संवाद कौशल तथा अनुकुलनशीलता देखिनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ ।

 

आवेदन ८ बैशाखदेखि १४ दिनसम्म खुला रहने छ । इच्छुक उम्मेदवारहरूले दराजको करियर पृष्ठमार्फत आफ्नो उम्मेदवारीका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

विभिन्न चरणको छनोट प्रक्रियामार्फत दराजले देशभरका विश्वविद्यालयहरुबाट योग्य युवाहरुको छनोट गर्नेछ । उहाँहरूलाई द्रुत गतिमा अघि बढिरहेको प्रविधिनिर्भर वातावरणमा आवश्यक सीप, मार्ग निर्देशन तथा व्यवहारिक अनुभव प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजभित्रको नेतृत्वदायी भूमिकामा दीर्घकालिन करियर विकासका अवसरहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक तथा पुरस्कारद्वारा सम्मान समेत गरिनेछ ।

“दराज फ्युचर लिडरशिप प्रोग्राम मेरो करियरका लागि एक मेजर टर्निङ प्वाइन्ट सावित भयो । कार्यक्रममा अपनाइएको घुम्ती संरचनाले व्यवसायका विविध पक्षहरू नजिकबाट नियाल्ने तथा बुझ्ने राम्रो अवसर प्रदान गर्यो । कार्यक्रम अन्तर्गत अवसरका रुपमा उपलब्ध गरिएका हरेक प्रोजेक्टले मलाई समन्वयमा काम गर्न, गहिरो विश्लेषण गर्न तथा रणनीतिक सोच विकास गर्न प्रेरित गर्यो ।”, नेपालबाट डीएफएलपीका पूर्व सहभागी स्वाति कर्णले भनिन्, “यस अनुभवले मलाई एक आत्मविश्वासी, डेटा–चिन्तनशील तथा द्रुत गतिमा निर्णय गर्नसक्ने ब्यक्ती बनायो ।”

डीएफएलपले दराजको दक्षिण एशियामा डिजिटल रूपान्तरणको प्रतिबद्धतालाई दर्साउँछ । यस कार्यक्रममार्फत दराजले सम्भावना बोकेका युवाहरूलाई सक्षम बनाई नवप्रवर्तनको प्रवद्र्धन र डिजिटल अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने बनाउने लक्ष्य लिएको छ ।

दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ सम्बन्धी थप जानकारीका लागि दराजको करियर पृष्ठमा जानु हुन कम्पनीले अनुरोध गरेको छ ।

दराज ग्रुपबारे

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्श प्लेटफर्म हो । पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सञ्चालनमा रहेको दराजले नवीनतम प्रविधियुक्त बजार प्रणालीमार्फत बिक्रेता र ग्राहकलाई सशक्त बनाउँदै ५० करोड जनसंख्या रहेको ठूलो क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको छ । ई–कमर्श, लजिस्टिक्स, पेमेन्ट तथा वित्तीय सेवाहरूलाई एकीकृत गर्दै यसले व्यक्तिगत तथा प्रभावशाली किनमेल अनुभव प्रदान गर्दै दक्षिण एशियाली समुदायलाई व्यवसायिक शक्तिबाट समृद्ध बनाउने लक्ष्य राखेको छ ।

 

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५...

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४३

  काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी...

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:११

  काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो...

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९ बैंकको एनपिएल ५ प्रतिशत माथि

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९...

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:०२

  काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या जटिल बन्दै...

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद वैशाख १७ सम्म बढ्यो

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:५२

  काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन...

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:४५

  काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख...

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको सद्भावनादूत

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:३९

    काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल...