CG Electronics
IME Life
NIMB

कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ योजना

NIMB
Himalayan Bank

काठमाडौं । कुमारी बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले आकर्षक उपहार जित्न सक्ने तथा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक साता १ सय जनालाई १ सय रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।

 

यो योजनामा सहभागी हुन ग्राहकले कम्तीमा १ सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५ सय रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्ने छ । यो प्रक्रिया पूरा गरेपछि, ग्राहक साप्ताहिक तथा बम्पर उपहार आईफोन १६ का लागि स्वतः योग्य हुनेछन् ।

यस अन्तर्गत प्रत्येक साता १ सय भाग्यशाली विजेताले १ सय रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागीमध्ये एक जना विजेताले बम्पर उपहार स्वरूप आईफोन १६ जित्ने अवसर प्राप्त गर्ने एवं यो योजना १ देखि ३१ वैशाखसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

 

यस योजनाले ग्राहकलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वाससाथ मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबार्र प्रवर्द्धन गर्दै डिजिटल बैंकिङ सेवा थप सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैकको छ ।

२४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकको हाल ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित इकाइ सञ्चालनमा छन् ।

 

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...