CG Electronics
IME Life
NIMB

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय राइड सेयरिङ एप याङ्गोबीच ऐतिहासिक सहकार्य भएको छ ।

यस सहकार्यमार्फत याङ्गो एप अब नेपाली प्रयोगकर्ताले पनि सहज रूपमा उपयोग गर्न सक्ने भएका छन् । हाल ३० भन्दा बढी देशमा सञ्चालनमा रहेको याङ्गो अब ट्याक्सीमाण्डूको आधिकारिक साझेदार रूपमा नेपाल भित्रिएको छ ।

ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक अर्जुन केसीले अन्तर्राष्ट्रिय प्रविधिको अनुभव अब नेपाली र चालकका लागि पनि उपलब्ध हुने बताए ।

४० रुपैयाँबाट राइड, ३५ मात्र कमिशन मंगलबारदेखि सफ्ट लन्च गरिएको याङ्गो एपमार्फत बाइक राइड न्यूनतम ४० रुपैयाँ र ट्याक्सी राइड १८० रुपैयाँ बाट सुरु हुनेछ । सुरुका दिनमा चालक र यात्रु दुवैका लागि बोनस योजना पनि लागु गरिएको छ । त्यसैगरी, अबका तीन वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिशन नलिने घोषणा गरिएको छ, जसले चालकहरूको आम्दानीमा ठुलो सहयोग पुग्नेछ ।

याङ्गोले आफ्नै सवारी नभई स्थानीय चालक र ट्याक्सी व्यवसायीलाई समेत प्रविधिमार्फत यात्रुसँग जोड्ने छ । याङ्गोका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायो भन्छन्, ‘स्थानीय उद्यमीसँगको सहकार्यले आर्थिक अवसरहरू सिर्जना गर्नेछ र सहरको स्मार्ट मोबिलिटी पूर्वाधारमा योगदान पुग्नेछ ।’

डिजिटल लेखा प्रणाली, रियल टाइम ट्रयाकिङ र फ्लिट व्यवस्थापनजस्ता फिचरले पारदर्शिता र दक्षता दुवै बढाउने ट्याक्सीमाण्डुका प्रबन्ध निर्देशक केसीले बताए । यात्रु र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न याङ्गो एपमा २० भन्दा बढी सुरक्षा फिचरहरू समावेश गरिएको छ । एपमार्फत यात्राको गन्तव्य अनुसार स्वचालित रूपमा अनुमानित भाडा देखिनेछ र हाललाई नगद भुक्तानीको व्यवस्था गरिएको छ । निकट भविष्यमा अनलाइन भुक्तानी प्रणाली पनि थपिनेछ ।

याङ्गो समूहः ग्लोबल टेक जायन्ट
याङ्गो एक विश्वव्यापी प्रविधि कम्पनी हो, जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप र दक्षिण एशिया लगायतका क्षेत्रमा राइड, डेलिभरी, फूडटेक तथा डिजिटल सेवा प्रदान गर्दै आएको छ । अब यही प्रविधि नेपाली प्रयोगकर्ताको हातमा आइपुगेको हो ।

ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक केसीका अनुसार अब ट्याक्सी चालक र बाइक राइडरहरूले घरमै बसेर क्यूआर कोड स्क्यान गरेर सहज रूपमा आफूलाई दर्ता गर्न सक्ने सुविधा सुरु गरिएको छ । यसो हुँदा चालकहरूलाई कार्यालय जानुपर्ने आवश्यकता हटाइएको छ, उनीहरुको समय र खर्च दुवै बचाउने उनले बताए ।

राइडर वा चालकले मोबाइलमा स्क्यान गरेर सीधै एपमार्फत आवश्यक विवरण भरेपछि केही मिनेटमै प्रोफाइल एक्टिभ हुने व्यवस्थामा यसमा मिलाइएको छ ।

केवल ३५ कमिशन, प्रत्येक ट्रिपमा बोनस पनि हालका लागि ट्याक्सीमाण्डू–याङ्गोले केवल ३ प्रतिशत मात्रै कमिशन लिने भएको छ । यो कमिशन दर हाल नेपालमा उपलव्ध राइड सेयरिङहरुमै सबैभन्दा कम हो । साथै, प्रत्येक ट्रिपमा चालक र राइडरले बोनस पनि प्राप्त गर्ने व्यवस्था गरिएको छ, जसले चालकको आम्दानी र राइडरलाई सहुलियत दिनमा प्रत्यक्ष सहयोग पुग्नेछ ।

याङ्गो सेवाको सहज पहुँचका लागि हाल १० भन्दा बढी एजेन्सीहरूमार्फत् बजारमा सेवा उपलब्ध गराइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...