Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय राइड सेयरिङ एप याङ्गोबीच ऐतिहासिक सहकार्य भएको छ ।

यस सहकार्यमार्फत याङ्गो एप अब नेपाली प्रयोगकर्ताले पनि सहज रूपमा उपयोग गर्न सक्ने भएका छन् । हाल ३० भन्दा बढी देशमा सञ्चालनमा रहेको याङ्गो अब ट्याक्सीमाण्डूको आधिकारिक साझेदार रूपमा नेपाल भित्रिएको छ ।

ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक अर्जुन केसीले अन्तर्राष्ट्रिय प्रविधिको अनुभव अब नेपाली र चालकका लागि पनि उपलब्ध हुने बताए ।

४० रुपैयाँबाट राइड, ३५ मात्र कमिशन मंगलबारदेखि सफ्ट लन्च गरिएको याङ्गो एपमार्फत बाइक राइड न्यूनतम ४० रुपैयाँ र ट्याक्सी राइड १८० रुपैयाँ बाट सुरु हुनेछ । सुरुका दिनमा चालक र यात्रु दुवैका लागि बोनस योजना पनि लागु गरिएको छ । त्यसैगरी, अबका तीन वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिशन नलिने घोषणा गरिएको छ, जसले चालकहरूको आम्दानीमा ठुलो सहयोग पुग्नेछ ।

याङ्गोले आफ्नै सवारी नभई स्थानीय चालक र ट्याक्सी व्यवसायीलाई समेत प्रविधिमार्फत यात्रुसँग जोड्ने छ । याङ्गोका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायो भन्छन्, ‘स्थानीय उद्यमीसँगको सहकार्यले आर्थिक अवसरहरू सिर्जना गर्नेछ र सहरको स्मार्ट मोबिलिटी पूर्वाधारमा योगदान पुग्नेछ ।’

डिजिटल लेखा प्रणाली, रियल टाइम ट्रयाकिङ र फ्लिट व्यवस्थापनजस्ता फिचरले पारदर्शिता र दक्षता दुवै बढाउने ट्याक्सीमाण्डुका प्रबन्ध निर्देशक केसीले बताए । यात्रु र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न याङ्गो एपमा २० भन्दा बढी सुरक्षा फिचरहरू समावेश गरिएको छ । एपमार्फत यात्राको गन्तव्य अनुसार स्वचालित रूपमा अनुमानित भाडा देखिनेछ र हाललाई नगद भुक्तानीको व्यवस्था गरिएको छ । निकट भविष्यमा अनलाइन भुक्तानी प्रणाली पनि थपिनेछ ।

याङ्गो समूहः ग्लोबल टेक जायन्ट
याङ्गो एक विश्वव्यापी प्रविधि कम्पनी हो, जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप र दक्षिण एशिया लगायतका क्षेत्रमा राइड, डेलिभरी, फूडटेक तथा डिजिटल सेवा प्रदान गर्दै आएको छ । अब यही प्रविधि नेपाली प्रयोगकर्ताको हातमा आइपुगेको हो ।

ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक केसीका अनुसार अब ट्याक्सी चालक र बाइक राइडरहरूले घरमै बसेर क्यूआर कोड स्क्यान गरेर सहज रूपमा आफूलाई दर्ता गर्न सक्ने सुविधा सुरु गरिएको छ । यसो हुँदा चालकहरूलाई कार्यालय जानुपर्ने आवश्यकता हटाइएको छ, उनीहरुको समय र खर्च दुवै बचाउने उनले बताए ।

राइडर वा चालकले मोबाइलमा स्क्यान गरेर सीधै एपमार्फत आवश्यक विवरण भरेपछि केही मिनेटमै प्रोफाइल एक्टिभ हुने व्यवस्थामा यसमा मिलाइएको छ ।

केवल ३५ कमिशन, प्रत्येक ट्रिपमा बोनस पनि हालका लागि ट्याक्सीमाण्डू–याङ्गोले केवल ३ प्रतिशत मात्रै कमिशन लिने भएको छ । यो कमिशन दर हाल नेपालमा उपलव्ध राइड सेयरिङहरुमै सबैभन्दा कम हो । साथै, प्रत्येक ट्रिपमा चालक र राइडरले बोनस पनि प्राप्त गर्ने व्यवस्था गरिएको छ, जसले चालकको आम्दानी र राइडरलाई सहुलियत दिनमा प्रत्यक्ष सहयोग पुग्नेछ ।

याङ्गो सेवाको सहज पहुँचका लागि हाल १० भन्दा बढी एजेन्सीहरूमार्फत् बजारमा सेवा उपलब्ध गराइएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा सम्मानित

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने...

वि.सं.२०८२ मंसिर १ सोमवार २३:०३

काठमाडौं । थर्ड आई इन्टरनेशनलले आर्थिक वर्ष २०७९/८० का लागि...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...