हिमालयन लाइफको ८प्रतिशत नगद लाभांश घोषणा

Thursday May 29, 2025
वि.सं.२०८२ जेठ १५ बिहीवार ००:००

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश बीमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ।
यस लाभांश वितरणबाट शेयरधनीहरू लाभान्वित हुने छन् भने कम्पनीको पुँजीगत व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।