CG Electronics
IME Life
Ncell NPL

हेटौँडा उपमहानगरले गैरकानुनी निर्णय गरेको आशंका, बैठकको निर्णय सार्वजनिक नहुनु रहस्यमय

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

हेटौँडा । सूचनाको हक सम्बन्धी ऐन २०६४ मा प्रत्येक नेपाली नागरिकलाई ऐनको अधीनमा रही सूचनाको हक हुनेछ र प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनि उल्लेख छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा १ अनुसार सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना अधिकारीको व्यवस्था गर्नेछ भनि उल्लेख छ ।

तर हेटौँडा उपमहानगरपालिकाले आफ्ना केही शंकास्पद निर्णय ढाकछोप गर्नको लागि सूचना लुकाउने गरेको स्थानीयले बताएका छन् ।

उपमहानगरपालिकाले अधिकांस कार्यापालिकाको बैठकको निर्णय लुकाउने गरेको नाम नबताउने शर्तमा एक स्थानीयबासीले जानकारी दिए ।

स्थानीय कानुन मिचेर विभिन्न निर्णय गर्ने र सार्वजनिक गर्दा विवादमा परिने डरले कार्यपालिकाको बैठकको अधिकांस निर्णय सार्वजनिक नै नगर्ने गरेको ति स्थानीयको भनाइ छ । पछिल्लो पटक गत जेठ २३ गते बसेको कार्यपालिकाको बैठकको निर्णय समेत उपमहानगरपालिकाले लुकाएको पाइएको छ ।

विपदको नाममा विभिन्न स्थानमा नियम मिचेर खोला दोहन गरी सोझै ठेकेदारलाई नदीजन्य सामग्री बेच्ने निर्णय गत जेठ २३ गतेको कार्यपालिकाको बैठकले गरेको छ । सोही निर्णय विवादमा पर्छ भनि उपमहानगरपालिकाले हालसम्म उक्त निर्णय लुकाएर राखेको पाइएको छ ।

उपमहानगरपालिका १६ र १७ मा पर्ने चुरे क्षेत्रको विभिन्न स्थानमा उत्खनन् गर्न निकुञ्जले नदिएपछि ठेक्का दिने भनिएको ठेकेदारलाई उपमहानगरपालिकाले कानुन विपरित विपदबाट उत्खनन गरिएको सामग्री शोधभर्ना बापत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोही निर्णय बमोजिम अहिले विपदबाट उत्खनन भएका नदीजन्य पदार्थ घाटगद्दी नगरी सोझै उपमहानगरपालिकाले ठेकेदारलाई बेचेको छ । कानुन विपरितको विपदको सामग्री ठेकेदारलाई शोधभर्ना गर्ने निर्णय गरेपछि उक्त निर्णय उपमहानगरपालिकाले सार्वजनिक गरेको छैन भने, उता विपदबाट उत्खनन गरिएको सामग्री ठेकेदारले आफ्ना क्रसरमा ल्याएर डम्पिङ गरेका छन् ।

यसरी कानुन उल्लङ्घन गरी उपमहानगरपालिकाले अत्याधिक रुपमा खोला दोहन गरिरहेको छ भने विवादमा पर्ने डरले सूचनाको हकलाई नै बन्देज पार्ने गरी सूचना लुकाउने काम गरेको पाइएको छ ।

आफूले गरेका अनियमितता र भष्ट्राचारलाई ढाकछोप गर्न उपमहानगरपालिकाले बैठकको निर्णय समेत सार्वजनिक गरेको छैन । यस विषयमा उपमहानगरपालिकाका हाकिमदेखि प्रशासनका प्रमुख कोही पनि खुलेर बोल्न चाहेका छैनन् ।
बैठकको निर्णयका विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम यस विषयमा आफूलाई जानकारी नभएको र केही परे प्रवक्ताबाट बुझ्न सकिने भन्दै पन्छिएका छन् ।

उता सामान्य प्रशासन शाखा प्रमुख लक्ष्मण मैनाली भने बैठकको निर्णय सबै तयार भएको तर किन सार्वजनिक नभएको भन्ने विषयमा आफू जानकार नरहेको प्रतिक्रिया दिए ।

हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले भने बैठकको निर्णय आफूसँग नआइपुगेकाले सार्वजनिक नगरेको बताए ।

यस विषयमा उपमहानगरपालिकाका प्रवक्ता एवं हेटौडा वडा नम्बर १ का अध्यक्ष समेत रहेका सबिन न्यौपानेले भने बैठकको निर्णय सार्वजनिक गर्ने तयारी रहेको तर आफ्नो फुर्सद नभएकाले हस्ताक्षर गर्न बाँकी रहेको बताउछन् । उनले हस्ताक्षर गरेपछि उक्त बैठकको निर्णय सार्वजनिक गरिने प्रतिक्रिया दिए ।

गत जेठ २३ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न उपमहानगरपालिकालाई पाँच दिनसम्म पनि धौधौ परेको छ ।

।उपमहानगरपालिकाले विपदका नाममा उठाएको नदीजन्य पदार्थ सोझै ठेकेदारलाई बेच्नेगरी शोधभर्ना गर्ने भनी निर्णय गरेपछि उक्त बैठकको निर्णय नै उपमहानगरपालिकाले आजका मितिसम्म लुकाएको स्थानीयबासी बताउँछन् ।

खोला उत्खनन गर्न जम्मा दुई मात्र बाँकी रहँदा उत्खननको समय सकिएपछि उक्त निर्णय सार्वजनिक गर्ने तयारीका साथ उपमहानगरपालिकाले उक्त निर्णय लुकाएको हो ।

यसरी हेटौँडा उपमहानगरपालिका अहिले भ्रष्टाचारको अखडा बनेको छ । आफूले गरेका गल्ती र गैरकानुनी कामका निर्णय लुकाउँदै सूचनाको हकलाई समेत बन्देज गरी उपमहानगरपालिकाले खुलेआम अनियमितता गरिरहेको स्थानीयबासीको आरोप छ ।

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ : यादव

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४३

  काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...