CG Electronics
IME Life
NIMB

सामाजिक सुरक्षा कोष : रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा वृद्धि

NIMB
Himalayan Bank

काठमाडौं । सामाजिक सुरक्षा कोषले रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको जानकारी दिएको छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक सुरक्षा कोषले आ.व. २०८१÷८२ सम्म कुल रोजगारदाता सूचीकरण संख्या २०,९५१ पुगेको छ भने कुल योगदानकर्ता श्रमिकको संख्या यस आ.व. २०८१÷८२ मा थप ८,८२,९४६ ले वृद्धि भई कुल २३,७४,४८६ पुगेको जानकारी दिएको हो । जसमध्ये औपचारिक तर्फ ६,०१,८२५ वैदेशिक क्षेत्र तर्फ १७,७१,५३७, अनौपचारिक र स्वरोजगार क्षेत्र तर्फका श्रमिक ११२४ संख्या रहेको छ।आ.व. २०८१÷८२ मा थप रु २५ अर्व ३६ करोड योगदान रकम संकलन सहित कूल योगदान रकम संकलन रु ८३ अर्व ६५ करोड पुगेको छ ।
यस्तै, सामाजिक सुरक्षा कोषमा आवद्ध भई नियमित योगदान गरेका योगदानकर्ताहरुलाई कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजनाहरुको उपयोग गरे बापत भुक्तानी पनि गर्दै आईरहेको छ ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत १,१०,६९६ योगदानकर्तालाई २ अर्व १५ करोड, दुर्घटना तथा अशक्तता सुरक्षा योजना ५,९३३ योगदानकर्तालाई २० करोड, आश्रित परिवार सुरक्षा योजना अन्तरगत ७ सय ४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजना अन्तरगत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्व १३ करोड भुक्तानी भएको कोषले जानकारी गराएको छ ।
साथै, आ.व. २०८१÷८२ मा थप ३ लाख ६२ हजार वटा दाबि भुक्तानी मार्फत रु. ५ अर्व ८७ करोड रकम सहित कुल ७ लाख ५६ हजार वटा दाबि भुक्तानी मार्फत हालसम्म कुल रु. १५ अर्व ७५ करोड रकम भुक्तानी गरिएको छ। योगदानकर्ता सापटी अन्तरगत विशेष सापटी ३४ हजार २० योगदानकर्तालाई ६ अर्व ९० करोड, घर सापटी ६७ योगदानकर्तालाई १३ करोड र शैक्षिक सापटि १० योगदानकर्तालाई १ करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई ७ अर्व ४ करोड भुक्तानी भएको छ ।
कोषको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन यसै आ.व. २०८१÷८२ मा थप २४ वटा सहित कूल १०७ वटा स्वास्थ्य संस्थासंग स्वचालित प्रणाली जडान भई सेवा प्रवाह भइरहेको छ। वैदेशिक रोजगारी÷ स्वरोजगारीमा रहेका व्यक्तिहरुको कोषमा योगदान रकम संकलन कार्यलाई थप सहज बनाउन १२ वटा वित्तीय संस्थासंग आवश्यक सहकार्यको लागि सम्झौता गरिएको छ ।
औपचारिक क्षेत्रका श्रमिकहरुको लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधिको संशोधन स्वीकृत भई योगदानकर्ताको परिवारमा स्वास्थ्य सेवा विस्तार भई यसै आर्थिक बर्षमा कार्यान्वयनमा आईसकेको छ ।
आज भन्दा ५ वर्ष अगाडी योगदानकर्तामा मात्र सिमित रहेको स्वास्थ्य उपचार सेवा आज योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको र औषधी उपचारको १ लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने भएमा १० लाख सम्मको उपचार खर्च ५० प्रतिशत सहभुक्तानी सुविधा समेत कोषले उपलब्ध गराउने गरी सुविधा विस्तार भइसकेको छ। अबको करिव चार वर्ष कोषमा आवद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोष मार्फत राज्य हुने गरी काम भइरहेको छ ।
कोषले हरेक श्रमिकको आधारभूत सामाजिक सुरक्षाको सुनिश्चितता गरी प्रत्येक नागरिकले सर्वव्यापी स्वास्थ्य सेवाको पँहुच र जुन सुकै स्वरुपको अशक्ततामा पनि आयको निरन्तरता हुने गरी योगदानमा आधारित पेन्सनको व्यवस्था सहित राज्यको सामाजिक संरक्षणलाई दिगो वनाई समग्र सन्तुलित श्रम वजारको माध्यम मार्फत् समग्र उत्पादन र उत्पादकत्व अभिवृद्धि हुने गरी रणनीति रुपमा काम गरिरहेको छ ।
कोषको दायरा विस्तार सँगै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुने गरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...