CG Electronics
IME Life
NIMB

आयलनिगमको इन्धनडिपो मंसिरबाटनिर्माण सुरु हुने, दुई वर्ष भित्रमा सकिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल आयल निगम लिमिटेड लेहवाई इन्धन डिपो यसै आर्थिक बर्षको मंसिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा (२०८४ मंसिर) सम्ममा निर्माण सम्पन्न गरीसंचालन गर्ने योजना बनाएको छ ।

विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल आयल निगम लिमिटेड हवाई इन्धन डिपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदिप कुमार यादवले चालु आव २०८२/०८३ मा बजेट विनियोजन गरी भाद्र महिनामा सार्वजनिक खरीद ऐन तथा नियमावली अनुसारआइसीबी बोलपत्र आह्वान गर्ने र दुई महिना भित्रमा वोलपत्र मूल्यांकन लगायतका प्रक्रियाहरु टुंग्याई यसै मंसिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा (२०८४ मंसिर) सम्ममा निर्माण सम्पन्न गरी डिपो संचालन गर्ने योजना गरेको बताए ।

उनले हाल निगमले डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुटयाई नागरिक उड्डयन प्राधिकरणले साइटक्लियरेन्सको काम अगाडि बढाएको पनि बताए । निगमले साविकमा रहेको सिनामंगल स्थित हवाई इन्धन डिपो नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१ साउन २८ गतेको निर्णय अनुसार स्थानान्तरण गर्ने निर्णय अनुरुपकाठमाडौं महानगरपालिका–८, गुहेश्वरीस्थित नेपाली सेनाको एक कोर्स भएको स्थानमा सार्नको लागिविस्तृत परियोजना प्रतिवेदन, डिपिआर तयार पार्नको लागि त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान (कन्सल्टेन्सी सेवा) पुल्चोकसँगमिति २०६१।०८।०५ गते निगमको सम्झौता भएको थियो ।

निगमसगको सम्झौताअनुसार त्रि.वि.ई.अ.सस्थान कन्सल्टेन्सी सेवाले निगमलाई डिपिआर प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रुपमा स्वचालित एलथ्रीस्तर स्वचालन मुक्त हुनेछ भने यस डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० कि.लि. का ५ बटा भर्टिकल ट्यांक निर्माण हुने र भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुनेछ, यसै परियोजना अन्र्तगत ईन्धन लोडिङ, अनलोडिङका लागि क्रमशः ६ र ८ वटा खाडीहरु निर्माण हुने, अन्र्तराष्ट्रिय उडानका जहाजमा ईन्धनभर्नको लागि७ पिटहाइड्रन्ट रिफ्युलिङ सिस्टम तथा २ वटाइन्धन भर्ने डिस्पेंसर पनि रहने छन्।

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...