आयलनिगमको इन्धनडिपो मंसिरबाटनिर्माण सुरु हुने, दुई वर्ष भित्रमा सकिने
Thursday Jul 24, 2025
वि.सं.२०८२ साउन ८ बिहीवार १५:२२
काठमाडौं । नेपाल आयल निगम लिमिटेड लेहवाई इन्धन डिपो यसै आर्थिक बर्षको मंसिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा (२०८४ मंसिर) सम्ममा निर्माण सम्पन्न गरीसंचालन गर्ने योजना बनाएको छ ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल आयल निगम लिमिटेड हवाई इन्धन डिपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदिप कुमार यादवले चालु आव २०८२/०८३ मा बजेट विनियोजन गरी भाद्र महिनामा सार्वजनिक खरीद ऐन तथा नियमावली अनुसारआइसीबी बोलपत्र आह्वान गर्ने र दुई महिना भित्रमा वोलपत्र मूल्यांकन लगायतका प्रक्रियाहरु टुंग्याई यसै मंसिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा (२०८४ मंसिर) सम्ममा निर्माण सम्पन्न गरी डिपो संचालन गर्ने योजना गरेको बताए ।
उनले हाल निगमले डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुटयाई नागरिक उड्डयन प्राधिकरणले साइटक्लियरेन्सको काम अगाडि बढाएको पनि बताए । निगमले साविकमा रहेको सिनामंगल स्थित हवाई इन्धन डिपो नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१ साउन २८ गतेको निर्णय अनुसार स्थानान्तरण गर्ने निर्णय अनुरुपकाठमाडौं महानगरपालिका–८, गुहेश्वरीस्थित नेपाली सेनाको एक कोर्स भएको स्थानमा सार्नको लागिविस्तृत परियोजना प्रतिवेदन, डिपिआर तयार पार्नको लागि त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान (कन्सल्टेन्सी सेवा) पुल्चोकसँगमिति २०६१।०८।०५ गते निगमको सम्झौता भएको थियो ।
निगमसगको सम्झौताअनुसार त्रि.वि.ई.अ.सस्थान कन्सल्टेन्सी सेवाले निगमलाई डिपिआर प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रुपमा स्वचालित एलथ्रीस्तर स्वचालन मुक्त हुनेछ भने यस डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० कि.लि. का ५ बटा भर्टिकल ट्यांक निर्माण हुने र भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुनेछ, यसै परियोजना अन्र्तगत ईन्धन लोडिङ, अनलोडिङका लागि क्रमशः ६ र ८ वटा खाडीहरु निर्माण हुने, अन्र्तराष्ट्रिय उडानका जहाजमा ईन्धनभर्नको लागि७ पिटहाइड्रन्ट रिफ्युलिङ सिस्टम तथा २ वटाइन्धन भर्ने डिस्पेंसर पनि रहने छन्।

























