IME Life
NIMB

किन परे यी दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारवाहीमा ?

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेका कारण दुई वाणिज्यलाई कारबाही गरेको छ।

राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडलाई कारबाही गरेको जनाएको छ । सिटिजन्स बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्राप्त निर्देशनको उल्लंघन गर्दै प्रमुख कार्यकारी अधिकृत ९सीइओ० को करार सम्झौतामा संशोधन गरी सुविधा वृद्धि गरेको पाइएको हो। त्यस्तै, ‘सिटिजन्स फास्ट ट्र्याक लोन’ अन्तर्गत कर्जा उपयोगको विस्तृत अध्ययन आन्तरिक लेखापरीक्षकबाट गर्न भनिए पनि निर्देशन पालना नगरिएको राष्ट्र बैंकले जनाएको छ।

बैंकले ब्याजदर अन्तरको गणना समेत गलत तरिकाले गरेको, पुराना कर्जा तथा ब्याज चुक्ता गर्न नयाँ कर्जा प्रवाह गरेको, तोकिएको समयमा बैंक जमानत भुक्तानी नगरेको र अस्थायी रूपमा म्याद बढाइएका कर्जामा ‘एजिङ वाइज’ नोक्सानी व्यवस्था नगरेको जस्ता विभिन्न गम्भीर लापरवाही देखिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

त्यस्तै, चालु पुँजी सम्बन्धी मार्गदर्शनको पालना नगरेको र तोकिएको क्षेत्रमा प्रवाह भएका कर्जाबारे गलत रिपोर्टिङ गरेको आरोपमा सिटिजन्स बैंकका सञ्चालक समिति र सीइओलाई राष्ट्र बैंकले सचेत गराएको छ।

यसैगरी एनआईसी एशिया बैंकले एकीकृत निर्देशनको उल्लंघन गर्दै ऋणीबाट नियमभन्दा बढी ब्याज असुल गरेको पाइएको हो। साथै, कर्जा सम्झौता गर्दा कर्जाको प्रकार, ब्याजदर ९स्थिर वा परिवर्तनशील०, किस्ता सम्बन्धी विवरणहरू स्पष्ट रूपमा उल्लेख नगरेको, तथा ब्याजदर परिवर्तन गर्दा ऋणीलाई जानकारी नदिएको पनि राष्ट्र बैंकको निष्कर्ष छ। यस कारणले राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई पनि सचेत गराएको हो।

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...