IME Life
NIMB

राष्ट्र बैंकले लिएका नीतिबाट लाभ लिन आवश्यक छ : डेपुटी गभर्नर ढुंगाना

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अहिले ब्याजदर न्यून रहेकाले यो लगानीका लागि उपयुक्त समय भएको बताएकी छिन् ।

आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलगमा ढुंगानाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको समेत बताइन् ।

उनले भने,‘अहिले हाम्रो अर्थतन्त्रमा सुधारको संकेतहरु देखिएका छन् । अहिले ब्याजदर पनि न्यून छ । ब्याजदर न्यून रहेको समयमा अहिले लगानीका लागि उपयुक्त समय पनि हो ।’

बजेटले दिएको प्राथमिकताका आधारमा नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति जारी गरेकाले त्यसको सदुपयोग गरेको अघि बढ्न उनले सरोकारलाई सुुझाव दिइन् । राष्ट्र बैंकले लिएका कतिपय नीति अल्पकालका लागि हुने र दिगो बैंकिङतर्फ पनि राष्ट्र बैंक सोच्ने भएकाले हालका नीतिबाट लाभ लिनुपर्ने उनले स्पष्ट पारिन् । यस्तै अर्थशास्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकिङ फ्युचरका कुरा गर्दा पाँचवटा विषयलाई ध्यान दिनुपर्ने बताए ।

संस्थागत सुशासन, कर्पोरेट कल्चर, कार्यक्रम (स्किम), प्रविधि र राष्ट्रिय अर्थतन्त्रसँग बैंकिङ क्षेत्रलाई कसरी जोड्ने जस्ता विषयमा बहस गर्नुपर्ने उनले स्पष्ट पारे । थापाले बैंकिङ क्षेत्रको सुरुवात नै पीपीपी मोडलबाट भएको बताए । आधुनिक बैंकिङका सवालमा वित्तीय क्षेत्र कसरी अघि बढ्यो र कसरी आधुनिक बैंकिङसम्म आइपुग्यो भन्नेबारे स्पष्ट पारे ।

बैंकिङ विज्ञ अनलराज भट्टराईले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको सन्दर्भमा संरचनात्मक सुधार, नीति कार्यान्वयनको प्रभावकारिता र डिजिटल प्रविधिमा आधारित भविष्यमुखी बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् ।

उनले नेपालको बैंकिङ क्षेत्रमा ठुलो प्राविधिक रुपान्तरण भइरहेको पनि बताए । उनका अनुसार चेकबुकबाट अघि बढेको बैंकिङ अहिले डिजटल कारोबारसम्म आइपुगेको छ । ‘बैंकमा पुुग्नै नपरी धेरै काम गर्न सक्ने अवस्था आएको छ, आधुनिकताले धेरै सहज बनाएको छ,’ भट्टराईले भने, ‘तर यससँगै सुरक्षा जोखिम बढेको छ, यसतर्फ पनि ध्यान पनि दिनुपर्छ ।’

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...