Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

तिहार र छठ नजिकिँदै गर्दा कुम्हाल समुदाय माटाका भाँडा बनाउन व्यस्त

 

रौतहट । मधेश प्रदेशका विभिन्न जिल्लामा कुम्हाल समुदाय यतिबेला माटोका दियो लगायतका भाडा बनाउन व्यस्त छन् ।
दिपावली, तिहार र छठ पर्व नजिकिँदै गर्दा उनिहरूलाई अहिले भाडा बनाउन भ्याइनभ्याई छ । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् ।

माटोका भाडा लक्ष्मीपुजादेखि हरेक कार्यमा आवश्यक पर्ने स्थानीय प्रमोद कुमारले बताए । माटोको भाडा शुद्ध र चोखो मानिने भएकाले देवीदेवतालाई यसमा नै प्रसादी राख्ने गरिएको उनको भनाइ छ । गाउँ–बस्तीमा रहेका कुम्हाल समुदायले अहिले माटाका दियो, धूपदानी, कलश, ठेकुवा भाँडा र अन्य सरसामान तयार पार्ने गरेको पाइन्छ ।

विशेष गरी तिहार, दिपावली तथा छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्याधिक भएकाले भाडा बनाउन रात दिन नभनी व्यस्त रहेको अधिकांश स्थानीय कुम्हालको भनाइ छ ।

माटाका भाँडा बनाउन ब्यस्त रहेका राकेश प्रजापतिले अहिले पर्वमा आवश्यक सामाग्री मात्रा बनाउने गरेको बताए । यो पेसाबाट जीवन धान्न निकै समस्या भए पनि आफुले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै चाडपर्वको बेला बढी माटाका भाडाकुँडाहरू बनाउने गरेको उनको गुनासो छ ।

तर पछिल्ला वर्षहरूमा प्लास्टिक र स्टीलका भाँडाहरूको प्रयोग बढ्दै जाँदा कुम्हालहरूको परम्परागत पेशा संकटमा परेको छ । त्यसै पनि, वर्षको यही समयमा उनीहरूका लागि कामको सिजन मानिन्छ ।

गौर नगरपालिका ४ का बनारसी पण्डीतले माटो, पानी र श्रमबाट नै माटाका भाँडा बन्ने गरेको बताए । आफुहरुले बनाएको भाँडा विभिन्न जिल्लासम्म पुग्ने गरेको उनको भनाइ छ ।

उनीहरूले बनाएका माटाका दियोहरू तिहारमा लक्ष्मीपूजाको प्रतीकका रूपमा प्रयोग गरिन्छ भने छठ पर्वमा कलश, सूप, ठेकुवा भाँडा र अरघजस्ता सामग्री अत्यावश्यक मानिन्छन्। कुम्हाल समुदायको माटाका भाँडा धर्मसँग गहिरो सम्बन्ध जोडिन्छ ।

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...