CG Electronics
IME Life
NIMB

तिहार र छठ नजिकिँदै गर्दा कुम्हाल समुदाय माटाका भाँडा बनाउन व्यस्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

रौतहट । मधेश प्रदेशका विभिन्न जिल्लामा कुम्हाल समुदाय यतिबेला माटोका दियो लगायतका भाडा बनाउन व्यस्त छन् ।
दिपावली, तिहार र छठ पर्व नजिकिँदै गर्दा उनिहरूलाई अहिले भाडा बनाउन भ्याइनभ्याई छ । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् ।

माटोका भाडा लक्ष्मीपुजादेखि हरेक कार्यमा आवश्यक पर्ने स्थानीय प्रमोद कुमारले बताए । माटोको भाडा शुद्ध र चोखो मानिने भएकाले देवीदेवतालाई यसमा नै प्रसादी राख्ने गरिएको उनको भनाइ छ । गाउँ–बस्तीमा रहेका कुम्हाल समुदायले अहिले माटाका दियो, धूपदानी, कलश, ठेकुवा भाँडा र अन्य सरसामान तयार पार्ने गरेको पाइन्छ ।

विशेष गरी तिहार, दिपावली तथा छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्याधिक भएकाले भाडा बनाउन रात दिन नभनी व्यस्त रहेको अधिकांश स्थानीय कुम्हालको भनाइ छ ।

माटाका भाँडा बनाउन ब्यस्त रहेका राकेश प्रजापतिले अहिले पर्वमा आवश्यक सामाग्री मात्रा बनाउने गरेको बताए । यो पेसाबाट जीवन धान्न निकै समस्या भए पनि आफुले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै चाडपर्वको बेला बढी माटाका भाडाकुँडाहरू बनाउने गरेको उनको गुनासो छ ।

तर पछिल्ला वर्षहरूमा प्लास्टिक र स्टीलका भाँडाहरूको प्रयोग बढ्दै जाँदा कुम्हालहरूको परम्परागत पेशा संकटमा परेको छ । त्यसै पनि, वर्षको यही समयमा उनीहरूका लागि कामको सिजन मानिन्छ ।

गौर नगरपालिका ४ का बनारसी पण्डीतले माटो, पानी र श्रमबाट नै माटाका भाँडा बन्ने गरेको बताए । आफुहरुले बनाएको भाँडा विभिन्न जिल्लासम्म पुग्ने गरेको उनको भनाइ छ ।

उनीहरूले बनाएका माटाका दियोहरू तिहारमा लक्ष्मीपूजाको प्रतीकका रूपमा प्रयोग गरिन्छ भने छठ पर्वमा कलश, सूप, ठेकुवा भाँडा र अरघजस्ता सामग्री अत्यावश्यक मानिन्छन्। कुम्हाल समुदायको माटाका भाँडा धर्मसँग गहिरो सम्बन्ध जोडिन्छ ।

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...