Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

प्रोटोन ईमासको विस्तारमा नयाँ अध्याय: धनगढीमा अत्याधुनिक शोरूमको भव्य उद्घाटन

 

धनगढी। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज धनगढीको बोराडाँडीमा अत्याधुनिक शोरूमको भव्य उद्घाटन गर्दै आफ्नो तीव्र राष्ट्रिय विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ ।

यस अवसरमा ब्रान्डले तीनवटा प्रोटोन ईमास ७ सवारी साधन हस्तान्तरण समेत गरेको छ, जसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साह प्रदर्शित गरेको छ ।
नयाँ उद्घाटन गरिएको यो अत्याधुनिक थ्रीएस सुविधा केन्द्रले सेल्स, सर्भिस र स्पेयर पार्ट्सका सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराएको छ ।

ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले धनगढीका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ ।

शो रुमको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले गर्नुभएको थियो । कार्यक्रममा अन्य अतिथिहरू, उद्योग जगतका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा रिबन काट्नेदेखि उत्पादन प्रदर्शन र सवारी हस्तान्तरण जस्ता आकर्षक गतिविधिहरू सम्पन्न भएका थिए, जसले प्रोटोन ईमास ७ प्रति उपस्थितहरूको उत्साह झनै बढाएको थियो ।

कार्यक्रमका क्रममा केही इमासका मालिकहरूले आफ्ना सकारात्मक अनुभवहरू साझा गरेका थिए, त्यसले तत्काल बुकिङमा प्रेरणा दिँदै सुदूरपश्चिम क्षेत्रमा प्रोटोन ईमासको बढ्दो लोकप्रियतालाई अझ प्रष्ट बनाएको थियो।

यसै प्रसंगमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेतवालले भन्नुभयो, ‘धनगढी शोरूम शैली, प्रदर्शन र दिगोपनासँग गतिशीलताको परिभाषा पुनर्लेखन गर्ने दिशामा हाम्रो यात्राको अर्को महत्वपूर्ण कदम हो । धनगढीका बासिन्दाहरूको प्रोटोन ईमास ब्रान्डप्रतिको जोश र हरित भविष्यप्रतिको विश्वासले हामीलाई गहिरो प्रेरणा दिएको छ ।’

यस विस्तारसँगै, प्रोटोन ईमासले नेपालभर आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि, र अत्याधुनिक ईभी प्रविधिको लक्ष्यतर्फ आत्मविश्वासपूर्वक अघि बढेको छ ।

 

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...