NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

पोखरा एभेन्जर्सले गर्यो इंग्ल्यान्डका अनुभवी विकेटकिपर एडम रोसिङटनलाई अनुबन्ध

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ ।

पोखरा एभेन्जर्सले आगामी एनपिएल — सिजन २ का लागि रोसिङटनलाई अनुबन्ध गरेको हो ।

मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो ।

रोसिङटन नेपालमा पहिलो पटक प्रतियोगितात्मक रूपमा खेल्ने भएका छन् । रोसिङटनले घरेलु स्तरमा लामो जिवन बिताएका छन् ।

आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भए ।

काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणी खेल खेलेका छन् भने टी–२० फार्मेटमा सयौँ खेल खेलेका छन् र करिब तीन हजार पाँच सयभन्दा बढी रन बनाएका छन् ।

दायाँ हाते ब्याटर र विकेटकिपरका रूपमा मैदानमा उनको तेज तर टिकाउ खेलले टोलीलाई नियमित योगदान पुर्याउनेछ र पावरप्लेमा तीव्र सुरुवात गराउने क्षमताका लागि उनी परिचित छन् ।

रोसिङटनले विश्वभरका प्रमुख टी–२० लिगहरूमा पनि खेल्दै अनुभव सङ्कलन गरेका छन् ।

पाकिस्तान सुपर लिगमा कराची किङ्सबाट उनले छोटो अवधिमा राम्रो प्रदर्शन गरेका थिए भने दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स ईस्टर्न केपबाट खेल्दा पहिलो संस्करणमै उपाधि जित्न टोलीलाई सहयोग पुर्याएका थिए; त्यही क्रममा फाइनलमा उनले ३० बलमा ५७ रनको प्रभावशाली रूपमा खेलेका थिए ।

साथै उनले संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने अन्तर्राष्ट्रिय लिग (आईएलटी–२०) मा दुबई क्यापिटल्सको प्रतिनिधित्व गरेका छन् र इंग्ल्यान्डको द हन्ड्रेड लिगमा लन्डन स्पिरिटबाट पनि सहभागी भइसकेका छन् ।

यी विविध अन्तर्राष्ट्रिय अनुभवले उनलाई विभिन्न परिस्थितिमा खेल्न र दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाएको छ ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...